
अमेरिकाको विभिन्न भागमा भीषण हिमपात र हिमआँधीको चेतावनीपछि केन्टकी, भर्जिनिया, कन्सास, अर्कान्सस, मिसौरी लगायतका छ राज्यमा आपतकाल घोषणा गरिएको छ। बीबीसीका अनुसार देशभर ६० मिलियनभन्दा बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ।
एनओएए (नेशनल ओसियनिक एन्ड एट्मोस्फेरिक एड्मिनिस्ट्रेसन) को मौसम पूर्वानुमान अनुसार, यो हिमआँधी पछिल्लो दशककै सबैभन्दा शक्तिशाली हुन सक्ने आकलन गरिएको छ। प्रतिघण्टा ५० माइलको गतिमा चल्ने हिउँ र चिसो हावाको मिश्रणले मध्य र पूर्वी अमेरिकाका राज्यहरूमा गम्भीर प्रभाव पार्ने चेतावनी दिइएको छ।
सोमबारसम्म मध्य एटलान्टिक क्षेत्रसम्म फैलिन सक्ने भनिएको यो आँधीले ओहियो नदीको घाँटीमा रहेका क्षेत्रलाई विशेष गरी प्रभावित गर्ने अनुमान गरिएको छ। स्थानीय प्रशासनहरूले मानिसहरूलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन्।
मौसम विज्ञान केन्द्रका अनुसार, अत्यधिक हिमपात र चिसोले जनजीवन थप कष्टकर बन्न सक्ने भएकाले नागरिकलाई सावधानी अपनाउन आह्वान गरिएको छ।









प्रतिक्रिया