
नेप्से परिसूचक ५.३२ अंक बढेर २५९१.५६ विन्दुमा पुगेको छ।
फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ।
३२७ स्टकको ६१ हजार १६७ पटकको कारोबारमा ४ अर्ब ८६ करोड २ लाख १ हजार रुपैयाँबराबरको ९३ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत बढेको छ। व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी बढेको छ। वित्त उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढी घटेको छ।
३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी र ग्रिन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। दोल्ती पावर कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.८८ प्रतिशत घटेको छ। आत्मनिर्भर लघुवित्त र जानकी फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको १९ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। रिभरफल्स पावरको १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने रसुवागढी हाइड्रोपावरको करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ।










प्रतिक्रिया