काठमाडौं धोबीखोलामा कार खस्यो

काठमाडौंको धोबीखोलामा आज बिहान कार खसेको छ । बीएए ८७१४ नम्बरको सेतो रंगको कार मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो।

Advertisement

कारका चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापतिले जिम गइरहेको बेला बढी मोडिएर कार खोलामा खसेको प्रहरीलाई बताएका छन्।

काठमाडौंको नयाँ बानेश्वरका डिएसपी विरेन्द्र गोदारका अनुसार घटनामा कुनै पनि मानवीय वा सार्वजनिक सम्पत्तिको क्षति भएको छैन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री