लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन
समयपोष्ट
२०७९ माघ ११ गते १३:५१
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ ।
बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश संशोधन गरेको हो ।
कम्पनीले यस अघि ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने कम्पनीको माघ १० गतेसम्पन्न संचालक समितिको बैठकले ६.९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरे पछि मात्रै उक्त लाभांश शेयरधनीहरुले पाउने छन् ।
प्रतिक्रिया