शुक्रबार, १४ वैशाख २०८१

बैङ्कहरूलाई दबाब दिने समूह बनाएर कर्जाको ब्याजदर तिर्नुपर्दैन भन्ने प्रवृत्ति बढेको छ : अध्यक्ष केसी

समयपोष्ट २०७९ माघ ८ गते ७:२६

Advertisement

नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैङ्कको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैङ्कहरूलाई दबाब आउन थालेको बताउनुभएको छ ।

शनिबार कृषि विकास बैङ्कको ५६ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैङ्कहरूबाट लिएको कर्जाको ब्याजदर तिर्न नसक्ने भन्दै दबाब समूह बनाएर दबाब दिने प्रवृत्ति बढेको बताउनुभएको हो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘‘गत वर्षदेखि नेपाल राष्ट्र बैङ्कको विभिन्न नीतिको कारण चुनौतिकाबीच पनि नेपालको बैङ्किङ र मुलुकको अर्थतन्त्रको अवस्था केही सुधारोन्मुख भइरहेको अवस्था हो । आज नेपालको बैङ्किङ उद्योग दक्षिण एसियाको एक मात्रै राम्रो उद्योगको रूपमा अगाडि आएको छ । तर यसरी भनिरहँदा पछिल्लो समय यता बैङ्कहरूलाई दबाब दिने समूह बनाएर कर्जाको ब्याजदर तिर्नुपर्दैन भन्ने प्रवृत्ति बढेको छ । यो निकै अप्ठ्यारो हो ।’’ नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैङ्किङ क्षेत्रलाई यस्तो दबाब आउँदा भोलिको दिन बैङ्किङ क्षेत्रमा अप्ठ्यारो पर्ने उहाँको भनाइ छ । उहाँले वार्षिक रूपमा ३१ अर्बभन्दा बढी रुपियाँ योगदान पनि दिएको दबाबको बैंकर्स सङ्घले घोर विरोध गर्ने बताउनुभयो ।

‘‘नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैङ्किङ क्षेत्रले गत वर्ष मात्रै ३१ अर्ब रुपैयाँ कर तिरेका छौँ । यसरी योगदान गर्दा पनि दबाब समूह बनाउँदो भोलिका दिनमा अप्ठ्यारो अवस्था आउनसक्छ । यसको बैंकर्स सङ्घले घोर विरोध गर्दछौँ ।,’’ अध्यक्ष केसीले भन्नुभयो, ‘‘नेपाल सरकार प्रति ध्यानाकर्षण गराउन चाहन्छु । यस्तो प्रवृत्ति रहने हो भने भोलिका दिनमा अप्ठ्यारो अवस्था आउनसक्छ । त्यसलाई अन्त्य गर्न सबै एक ठाउँमा उभिनुपर्छ । कसैले निक्षेप राखेको उसले राखेको निक्षेपबाट कर्जा लिएर कर्जाको ब्याज नतिर्ने भनेर बाहिरबाट दबाब दिन राम्रो होइन ।’’

उहाँले कसैले निक्षेप राखेको उसले राखेको निक्षेपबाट कर्जा लिएर कर्जाको ब्याज नतिर्ने भनेर बाहिरबाट दबाब दिनु राम्रो प्रवृत्ति नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री