आइतबार, १६ वैशाख २०८१

सेयर बजार २१.३५ अंकले घट्यो

समयपोष्ट २०७९ पुष २६ गते १५:५३

Advertisement

साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ ।

नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ ।

सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लागेको थियो र ५ अर्ब बढीको कारोबार अर्ब बढीको कारोबार सेयर कारोबार भएको थियो ।

साथैै, मंगलबार २५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै,आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा एपीआइ पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

यता, आज बाराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको हो । यस्तै, कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनी भने स्थीर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री