शनिबार, ५ जेठ २०८१

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजदेखि सुरु

समयपोष्ट २०७९ पुष २५ गते ९:३०

Advertisement

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार आजदेखि सुरु भएको छ ।

दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे÷गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट सोमबारदेखि एकिकृत कारोवार सुरु भएको हो ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौँ जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैंक अफ काठमाण्डुको एक सय कित्ता शेयर भएका शेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको एक सय कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पुँजी रु ३४ अर्ब ४१ करोड पुग्नेछ । बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप रु तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा रु तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्नुहुने छ । साथै मर्जरपश्चात् बैंक अफ काठमाण्डुका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बन्नुहुने छ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बंैककातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डुकातर्फबाट दुई जना रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री