शनिबार, २२ वैशाख २०८१

आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ

समयपोष्ट २०७९ पुष २४ गते १२:४५

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ ।

प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव गर्दै कम्पनीले पाँचौं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले प्रिमियममा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्षको २०७७/७८ को आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, आय व्यव हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी छलफल गरी पारित गर्नेछ ।

Advertisement

सभाले सञ्चालकको नियुक्त तथा लेखा परीक्षकको नियुक्तीलाई पनि अनुमोदन गर्नेछ ।

कम्पनीले माघ १५ गते आइतबार अलोफ्ट, छाँयादेवी कम्प्लेक्स ठमेलमा अपरान्ह ५ बजे साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री