शनिबार, ५ जेठ २०८१

राष्ट्र बैंकद्धारा प्रभु र सेन्चुरी बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान

समयपोष्ट २०७९ पुष २० गते १५:५७

Advertisement

नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सेन्चुरी बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ।

राष्ट्र बैंकले हिजो पुस १९ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो। यी २ बैंकबीच साउन १५ गते मर्जर तथा प्राप्तिमा जाने सम्झौता भएको थियो।

त्यसपश्चात भदौ १९ गते राष्ट्र बैंकले मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको थियो।

सम्झौता अनुसार सेन्चुरी बैंक सम्मानजनक हैसियतमा प्रभु बैंकमा गाभिने छ । मर्जर तथा प्राप्तिको लागि १ः१ को प्रारम्भिक स्वाप तय भएको छ।

Advertisement

त्यस्तै मर्जरपछि बन्ने बैंकको संचालक समितिमा प्रभु बैंकका ४ संचालक रहने छन् भने सेन्चुरी बैंकबाट ३ संचालक रहने छन् ।

सीइओमा हालका प्रभु बैंकका सीइओले नै निरन्तरता पाउने छन् भने हालका सेन्चुरी बैंकका सीइओ मर्जरपछि बन्ने बैंकमा डेपुटी सीइओ रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री