आइतबार, २३ वैशाख २०८१

माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन गर्दै सनराइज क्यापिटल

समयपोष्ट २०७९ पुष २० गते १०:३६

Advertisement

सनराइज क्यापिटलले माघ १० गतेबाट सनराइज फोकस्ड इक्विटी फण्डको इकाई बिक्री खुला गर्ने भएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो। सोमध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ भने बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागेको हो।

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित यो १० वर्षे बन्दमुखी योजना हो।

इकाई बिक्री छिटोमा माघ १३ बन्द हुन्छ। सो मितिमा पर्याप्त आवेदन नआए माघ २४ गतेसम्म लम्बिने जनाएको छ।

Advertisement

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री