शुक्रबार, १४ वैशाख २०८१

सवारी साधनमा हट्यो जोर बिजोर प्रणाली

समयपोष्ट २०७८ माघ १४ गते १९:४५

Advertisement

सार्वजनिक सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली आज राति १२ बजेबाट हट्ने भएको छ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो।

शुक्रबार राति १२ बजेबाट उपत्यकाको जोर बिजोर प्रणाली हट्ने काठमाडौँका प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले पनि जोर बिजोर हटाउन सिफारिस गरेको थियो। जोर बिजोरले सवारीमा यात्रुको थप चाप बढेको भन्दै सर्वसाधरणबाट विरोध भइरहेको थियो।

माघ ७ गतेबाट जोर बिजोर प्रणाली लागू भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री