बिहीबार, १३ वैशाख २०८१

भारतमा ओमिक्रोनको उपभेरियन्ट फेला

समयपोष्ट २०७८ माघ १० गते १६:०३

Advertisement

भारतमा ओमिक्रोन भेरियन्टको उपभेरियन्ट फेला परको छ ।

यसलाई बीए–२ नाम दिइएको छ । देशभरका ५३० संक्रमितको नमुनामा जिन सिक्वीन्सिङ गर्दा मध्यप्रदेश राज्यमा १६ जनामा ओमीक्रोनको उप भेरियन्ट फेला परेको हो । मध्य प्रदेशको इन्दोर शहरका ६ जना बालकालिकासहित १६ जनामा उक्त भेरियन्ट पुष्टि भएको भारतीय मिडियाले जनाएका छन् ।

भारतमा मात्रै नभएर यो भेरियन्ट बेलायत, अस्ट्रेलिया र डेनमार्कमा पनि फेला परिसकेको छ । यो ओमीक्रोन जस्तै तीब्र गतिमा फैलने र यसको पहिचान गर्ने कठिन भएको विज्ञहरुले बताएका छन् ।

अहिलेका परीक्षण कीटबाट यो भेरियन्टलाई पत्ता लगाउन निकै कठिन रहेकाले यसलाई ‘स्टेल्थ’ अर्थात लुप्त भेरियन्ट पनि भनिएको छ ।

ओमीक्रोनको जस्तै लक्षण देखिने यसलाई पत्ता लगाउन कठिन भएकाले बीए–२ भेरियन्टलाई ओम्रीक्रोनका उप भेरियन्ट भनी नाम दिइएको हो । बेलायतमा यो भेरियन्ट डिसेम्बरको पहिलो सातामै फेला परेको ब्रिटिस स्वास्थ्य सुरक्षा एजेन्सीले जनाएको छ ।

यो अहिलेसम्म विश्वका ४० देशमा भेटिएको दावी गरिएको छ । यो भेरियन्टलाई अध्ययनको चरणमा रहेका श्रेणीमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री