आइतबार, १५ जेठ २०७९

राप्रपाको झण्डाबाट गाई हटाउन आयोगले निर्देशन दिएपछि थापाले दिए यस्तो प्रतिक्रिया

समयपोष्ट २०७८ माघ ८ गते २१:३८

Advertisement

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा रहेको गाईको तस्बिर हटाउन निर्देशन दिएको प्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।

गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो । उक्त पत्रको बारेमा वर्तमान नेतृत्वले हालसम्म लुकाएकोमा पनि थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालको राष्ट्रिय जनवारको तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने भन्दै आयोगले राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न भनेको छ ।

त्यस्तै, विधानको प्रस्तावको बुँदा ४ मा उल्लेखित सनातन हिन्दुराष्ट्र एवम् राजसंस्थासहितको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको भावना तथा प्रस्तावनाविपरीत भएको भन्दै हटाउन आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री