बिहीबार, १५ चैत २०८०

बैनाको भाका सार्दै खरीदकर्ता, मालपोत कार्यालय सुनसान

पत्रपत्रिका २०७८ माघ ५ गते ७:४९

Advertisement

बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याले सबैभन्दा धेरै प्रताडित हुने क्षेत्र मध्ये एक हो घरजग्गा व्यवसाय ।

साना हुन् या ठूला कारोबारी सबैले भरपर्नुपर्ने बैंक तथा वित्तीय संस्थामै हो । तिनै संस्थासँग ऋण दिन पैसा नभएपछि पछिल्लो ३/४ महिना यता यो क्षेत्र अस्तव्यस्त बनेको छ ।

कलंकी स्थित मालपोत कार्यालयमा सोमबार जम्मा १० जना सेवाग्राही मात्रै उपस्थित थिए । ती पनि जग्गा खरीदविक्रीको लागि नभइ कोही हालसाबिक गर्न आएका थिए त कोही नामसारी गर्न आएका थिए ।

मालपोत बाहिर चिया पसलमा भेटिनेहरुको गुनासो भने छुट्टै थियो । कोही बैना गरेर जग्गा पास गर्न नसकेपछि थप समय मागिरहेका थिए । कोही भने निकै समस्यामा परिसकेको भन्दै जसरी पनि पैसा दिएर जग्गा पास गर्न अनुरोध गरिरहेका थिए ।

यो एउटा कार्यलयको मात्रै समस्या होइन । अहिले उपत्यका भित्र वा बाहिरका सबैजसो मालपोत कार्यालयमा यस्तै दृश्य देख्न सकिन्छ ।

कोरोनाको पहिलो र दोस्रो लहरमा लकडाउन हुने हल्लाले मालपोत कार्यालयमा थामी नसक्नु भीड बढेको थियो । तेस्रो लहरमा पनि संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा भीडभाड

हुनसक्ने मालपोत कार्यालयले अनुमान गरेका थिए । तर यतिबेला सेवाग्राहीको संख्या घटेको देख्दा कार्यालयका कर्मचारीहरु नै अच्चमित छन् ।एक पटकमा २५ जना भन्दा बढीलाई कार्यालय प्रवेशमा रोक लगाउने योजना सहित सूचना तयार पारेपनि गेटमा टाँस्नुपर्ने गरि सेवाग्राही नै नआएको कलंकी मालपोत कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीले अभियानलाई बताए ।

प्रीन्ट गरेको सूचना देखाउँदै सुवेदीले भने –‘कार्यालयमा १० जना भन्दा बढी सेवाग्राही छैनन्, अब यो सूचना टाँस्नेकी नटाँस्ने ।’

बैंकिङ क्षेत्रमा तरलता सहज नभएकाले घरजग्गा कारोबार विगत ३/४ महीनादेखि नै सुस्त छ । अन्य आर्थिक गतिविधि पनि सुस्त देखिएको बेला सरकारले फेरी लकडाउन गर्यो भने त नेपालको अर्थतन्त्रले धान्न नसक्ने सुवेदीको बुझाइ छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री