शनिबार, ३ साउन २०८२

हिमालयन जनरल इन्स्योरेन्सले ७ प्रतिशत लाभांश बाँड्ने

समयपोष्ट २०७८ पुष २२ गते ११:४०

हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षका मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

पुस २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोका कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री