बिहीबार, १३ वैशाख २०८१

साना आँखा भएका चिनियाँ युवतीलाई किन सुन्दर मानिदैन ?

बीबीसी २०७८ पुष २० गते ७:४०

Advertisement

‘के म चिम्सा आँखा भएकै कारण चिनियाँ हुन सुहाउँदिन ?’ यो चिनियाँ मोडल साइ नियङनियाङले सामाजिक सञ्जालमा हालै पोस्ट् गरेको लाइन हो । चिम्सा अर्थात् साना आँखा भएकै कारण पछिल्लो समय अनलाइनमार्फत नकारात्मक टिप्पणी एवम् आक्रामक प्रतिक्रिया खेपिरहेकी साइले आफूलाई असह्य भएपछि सो लाइन सामाजिक सञ्जालमा पोस्ट् गरेकी हुन् ।

विभिन्न चिनियाँ उत्पादन एवम् सामग्रीको विज्ञापनमा उनी कैयौं पटक देखा परेकी छन् । अधिकांश चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले साइको सानो आँखा सुन्दर नभएको भन्दै सामाजिक सञ्जालमा एकमुष्ट खनिएका छन् ।

साना आँखालाई लिएर सामाजिक सञ्जालमा गरिएको नकारात्मक टिप्पणी कै कारण कैयौं कम्पनीहरुले चिनियाँ मानिसको मनोभावनामा चोट परेको भन्दै साइ अभिनित विज्ञापनहरुलाई नै हटाइदिए ।

साइ भन्छिन्, ‘सानो आँखा हुनु नै मेरो सबैभन्दा ठूलो अपराध भयो । सोहि कारण साइबर बुलिङको सिकार भएँ ।’ साना आँखा भएकै कारण चिनियाँ समाजमा आफूलाई अपराधिको नजरले हेरिने उनको भनाइ छ ।

‘मेरो रुप मेरा आमाबुवाले दिएका हुन् । जन्मिदा कस्तो रुप लिएर जन्मिने भन्ने कसलाई थाहा हुन्छ । के मैले जन्मेकै दिन आफ्नो रुप निर्धारण नगरिँदा मैले चीनको अपमान गरेको भयो,’ २८ वर्षीया मोडल साइले सामाजिक सञ्जाल वेइवोमार्फत लेखेकी छन् ।

गत नोभेम्बरमा चर्चित चिनियाँ फेशन फोटोग्राफरले साना आँखा भएकै कारण साइको फोटोसुट गर्न अस्वीकार गरेका थिए । साइ मात्र नभइ चीनमा पछिल्लो समय चिम्सा आँखा भएका महिलालाई चिनियाँ समाज र सामाजिक सञ्जालमा खिल्ली उडाउने गरेको पाइएको बीबीसीले उल्लेख गरेको छ।

चीनमा बढ्दो पश्चिमा विरोधी भावना र अनलाइनमार्फत हुर्किरहेको चिनियाँ राष्ट्रवादका कारण साना आँखा भएका महिला सुन्दर नमानिएको हुन सक्ने अर्थात् साना आँखा भएका चिनियाँ महिला विवादमा फस्ने गरेको बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री