शुक्रबार, ७ वैशाख २०८१

कस्तो हुनुपर्छ शयन कक्षको वास्तु ?

समयपोष्ट २०७८ पुष १८ गते २२:३६

Advertisement

सुत्ने कोठा घरको सबैभन्दा महत्वपूर्ण अंश हो । यहाँ राखिएको सबै कुराले विवाहित जीवनमा प्रभाव पार्छ । जस्तै फोटो, फूलको भाँडो, पलंग आदि । शयन कक्षमा श्रीमान् र श्रीमतीले सँगै आफ्नो हँसिलो फोटो राख्ने गर्छन् । तर फोटो आफू सुत्ने खाटको खुट्टापट्टि नराख्नुहोस् ।

-हरेक अमावश्यामा कालो तिललाई उत्तर-पश्चिम कुनामा सजाएर राख्नुहोस् ।

-रोमान्स र गोपनीयता कायम राख्नको लागि ध्यान दिनुहोस् कि शयनकक्षको झ्याल अर्काे कोठासँग राख्नु हुन्न ।

-मनी प्लान्टहरू आपसी प्रेम र शयनकक्षको सौन्दर्यको लागि पनि रोपिएका हुन्छन् । मनी प्लान्ट रोपेपछि पतिपत्नीबीचको सम्बन्ध मीठो हुन्छ भन्ने मान्यता वास्तु शास्त्रमा पाइन्छ । ।

-शयनकक्षमा हल्का गुलाबी रंगको किरण पर्दा दम्पतीहरूमा प्रेमभाव जाग्छ भन्ने मान्यता छ ।

-वास्तुका अनुसार जहिले पनि आफ्नो टाउको दक्षिण वा पूर्व दिशामा पारेर सुत्नुहोस्, ताकि पृथ्वीको चुम्बकीय क्षेत्र अनुसार तपाईं लामो र गहिरो निद्रा पाउन सक्नुहुनेछ । आरामदायी र पूर्ण निद्राले विवाहित जीवनलाई अझ रमाइलो बनाउँछ ।

-पत्नी श्रीमानको देब्रेपट्टि सुत्नु राम्रो हुन्छ ।

-यदि कोठामा ड्रेसिंग टेबल छ भने सावधान हुनुहोस्, तपाईंको प्रतिबिम्ब ऐनामा नपरोस् । ऐनालाई ढाक्नुहोस् ।

-बेडरूममा मन्द प्रकाशको व्यवस्था गर्नुपर्छ । तर प्रकाश सिधा ओछ्यानमा पार्नु हुँदैन ।

-वास्तुका अनुसार शयनकक्षमा स्नानगृह हुनु हुँदैन किनभने दुवै व्यक्तिको ऊर्जाको आपसी आदानप्रदान स्वास्थ्यको लागि राम्रो हुँदैन ।

-यदि तपाईं शयनकक्षमा स्नानागार राख्न चाहनुहुन्छ भने यसलाई दक्षिण पूर्व कोणमा निर्माण गर्नुहोस् । यदि यो सम्भव छैन भने उत्तर–पश्चिम कुनामा पनि निर्माण गर्न सकिन्छ ।

-ओछ्यानमा मयुरको प्वाँख राख्नुहोस् ।

-वास्तुशास्त्र अनुसार सुत्ने कोठामा पूजा स्थल बनाउनु वा देवीदेवताहरूको चित्र राख्नु ठीक हुँदैन । राख्नै चाहनुहुन्छ भने राधा–कृष्णको तस्वीर बेडरूमको शिरपट्टिको भागमा राख्न सक्नुहुन्छ ।

-यदि तपाईंको आर्थिक अवस्था राम्रो छैन र वैवाहिक जीवनमा खुसी हुनुहुन्न क्रिस्टललाई चामलको दानासँग मिसाएर शयन कक्षमा राख्नुहोस् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री