शुक्रबार, २१ वैशाख २०८१

नाडाद्धारा बुटवलमा कर, भन्सार तथा भिसिटिएसको प्रशिक्षण कार्यक्रम सम्पन्न

समयपोष्ट २०७७ माघ १६ गते १६:३९

Advertisement

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा बुटवलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

६९ औं विश्व भन्सार दिवसको अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको हो । नाडाको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अनुरोधमा सो कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।

अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा ख्ऋत्क् सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले उक्त कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भिसिटिएस सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिन हुदै यस्तो कार्यक्रमहरुले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने र व्यवसायीहरुलाई आफनो व्यवसाय विस्तार गर्न थप सहज समेत हुने भएकोले विगत केही बर्ष अघि देखि विभिन्न प्रदेशहरुमा समेत नाडाले यस्तो कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र बाँकी प्रदेशहरुमा पनि सम्पन्न गर्दै जाने बताउनु भयो ।

Advertisement

सो कार्यक्रमका सभापति तथा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष गणेश भट्टराईले नाडाले आफ्ना कार्यक्रमलाई केन्द्रमा मात्रै सीमित नराखी प्रदेशस्तरमा पनि सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । ‘प्रदेशस्तरमा समेत प्रशिक्षण कार्यक्रम गर्दा अटोमोबाइल्स व्यवसायीहरुको क्षमता अभिबृद्धिमा र कर सम्बन्धी जिज्ञासा समाधानमा सहयोग पुगेको छ,’ उहाँले भन्नुभयो आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजश्व कार्यालयका प्रमुख धु्रुव पाण्डे, राजश्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार वि.सी तथा मुख्य प्रशिक्षक साहिल अग्रवालबाट प्रशिक्षण दिनु भएको थियो ।

सो कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका कूल ५२ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानिया लगायत लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश प्रसाद भटराई, वरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डे, उपाध्यक्ष विजय कुमार गुप्ता, महासचिव रोशन पाण्डे, सचिव रामव्रसाद वेलवासे, कोषाध्यक्ष कृष्ण प्र. भण्डारी तथा सदस्य प्रवेश भटराई, राधा कृष्ण ढेउला, चिन्ता मणी पाण्डे समेतको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री