आइतबार, ६ जेठ २०८१

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको खुद नाफा ६१ करोड ४० लाख

समयपोष्ट २०७७ माघ १६ गते ११:०३

Advertisement

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको तुलनामा १८.८२ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

दोस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

Advertisement

बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घटेको हो । दोस्रो त्रैमासमा बैंकले एक अर्ब ४४ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १३.२८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि घटेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा १९.२० प्रतिशतले घटेर ८५ करोड ६० लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड ९३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

बैंकको निक्षेप संकलन भने ७२ अर्ब ८१ करोड रुपैयाँबाट ९७ अर्ब ९५ करोड रुपैयाँ र कर्जा लगानी ६५ अर्ब २ करोड रुपैयाँबाट बढेर ७७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा भने केहि घटेको छ । बैंकको खराब कर्जा अनुपात २.८२ प्रतिशतबाट घटेर २.४२ प्रतिशतमा झरेको छ ।

चुक्ता पूँजी ९ अर्ब ३५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड र रिटेन्ड अर्निङ्ग १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

बैंकको नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसाबाट घटेर १३ रुपैयाा १३ पैसा झरेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात २५.२९ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री