बुधबार, २ जेठ २०८१

नेपाली केटासंग छोरीको विवाहको हल्ला चलेपछि शक्ति कपुरले दिए यस्तो प्रक्रिया

समयपोष्ट २०७७ माघ १५ गते १४:२२

Advertisement

छोरीको रोहन श्रेष्ठसँग विवाहको हल्ला चलेपछि श्रद्धाका पिता शक्ति कपुरले प्रतिक्रिया दिएका छन् । उनले श्रद्धा र रोहन बाल्यकालदेखि कै साथी हुन् र उनीहरुबीच त्यस्तो केही नभएको स्पष्ट पारेका छन् ।

भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘मलाई थाहा छैन कि इन्टरनेटमा कस्तो प्रकारको रिपोर्ट आइरहेका छन् वा कस्ता हल्ला चलिरहेका छन् । म यति मात्र भन्न चाहन्छु कि म मेरी छोरीको साथमा छु र सधैं रहनेछु । चाहे उनले आफ्नो जीवनमा जुनसुकै निर्णय किन नलिउन् । यहाँ सम्म कि विवाहको कुरा नै किन नहोस् । रोहन श्रेष्ठ मात्रै किन ? यदि उनले मलाई कोही केटा लिएर आएर ‘म यो केटासँग विवाह गरेर सेटल हुन चाहन्छु’ भनिन् भने म उनलाई रोक्न चाहन्नँ । मलाई उनको निर्णयमा कुनै आपत्ति हुने छैन ।’

शक्ति कपुरले रोहन श्रेष्ठबारे पनि कुरा गरेका छन् । उनले भनेका छन्, ‘रोहन श्रेष्ठ निकै राम्रा छन् । उनी घरमा आउने जाने गरिरहन्छन् । यस्तो उनी बाल्यकालदेखि नै हुँदै आएको छ । श्रद्धाले मलाई बताएकी छैनन् कि उनी रोहनसँग विवाह गर्ने योजनामा छिन् । मेरा लागि त उनीहरु बाल्यकालका साथीहरु मात्रै हुन् । मलाई थाहा छैन कि यी दुई एक–अर्काका लागि यति सिरियस पनि छन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री