शनिबार, ५ जेठ २०८१

यसरी खादा सुपरफुड बन्छ चना, यस्ता छन् यसका फाइदा

समयपोष्ट २०७७ माघ १४ गते १८:१३

Advertisement

चना प्रोटिनको उत्कृष्ट स्रोत हो । स्वास्थ्यका लागि यो निकै नै लाभदायक हुन्छ । यसलाई भिजाएर खान्छौं वा टुसा उम्रिएको चनालाई खानामा समावेश गर्दा

यो सुपरफुड बन्ने गर्छ ।

– टुसा उमारिएको चना खाँदा तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ । यसले मोटोपनाजस्ता समस्याबाट राहत प्रदान गर्छ । किनभने चना खाँदा पेट भरिएको महसुस हुन्छ र चाँडै भोक लाग्दैन । यस्तोमा कम खाँदा खाइन्छ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।

– टुसा उम्रिएको चनामा अत्यधिक प्रोटिन पाइन्छ, साथै यसमा फ्याटको मात्रा पनि निकै कम हुन्छ ।

Advertisement

– चनाको सेवनले तपाईं आफ्नो हड्डी र दाँत बलियो राख्न सक्नुहुन्छ किनभने यसमा विभिन्न प्रकारको भिटामिन र मिनरल्स हुन्छन् ।

यसमा आइरन र सोडियमसहित थुप्रै पौष्टिक तत्व हुन्छन् जुन तपाईंको शरीरका लागि विभिन्न तरिकाले फाइदाजनक हुन्छ ।

– टुसा उम्रिएको चनाको सेवनले तपाईंको छाला र कपाललाई पनि सुन्दर राख्न निकै मद्दत गर्छ किनभने यसमा एन्टिअक्सिडेन्ट हुन्छ जसले बढ्दो उमेरसँग छालामा जुन प्रभाव पर्छ त्यो कम गर्छ । साथै यो कपालका लागि पनि निकै राम्रो हुन्छ ।

– जवान देख्न चाहनेहरुले यसको नियमित सेवन गर्नुहोस् । कपाल र तपाईंको छालालाई आवश्यक पर्ने मोइस्चर यसले प्रदान गर्छ ।

– टुसा उम्रिएको चनाले ब्लड सुगर पनि नियन्त्रणमा राख्न मद्दत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री