आइतबार, ६ जेठ २०८१

ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश प्रस्ताव पारित

समयपोष्ट २०७७ माघ १४ गते १७:५४

Advertisement

ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६र७७ को बार्षिक प्रतिबेदन पारित समेत गरेको छ । साथै, साधारणसभाले ज्योति विकास बैंक लि संस्थापक सेयरधनी समुहको तर्फबाट हरि प्रसाद , हरि चन्द्र खड्का , सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेश राज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

Advertisement

कोभिड-१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब रु। ३७ अर्ब लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री