शुक्रबार, ७ वैशाख २०८१

भारतले सरकारले नेपाललाई दियो कोरोनाविरुद्धको १० लाख डोज खोप

समयपोष्ट २०७७ माघ ७ गते १५:२३

Advertisement

भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप उपलव्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

उक्त खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने उनले जानकारी दिए । यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो ।

पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री