बुधबार, १२ वैशाख २०८१

प्राधिकरणले निकाल्यो लोडसेडिङको तालिका

समयपोष्ट २०७७ माघ ६ गते ८:३४

Advertisement

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै प्राधिकरणले आइतबार तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले जारी गरेको सूचनामा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने उल्लेख छ ।

 

त्यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री