शुक्रबार, १४ वैशाख २०८१

यूनाइटेड इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

समयपोष्ट २०७७ माघ ४ गते १६:३१

Advertisement

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. ले नयाँ लोगो सार्वजनिक गरेको छ ।

कम्पनीले बिहीबार मनोरञ्जनात्मक भर्चुअल कार्यक्रम गर्दै आफ्नो फेसबुक पेजमार्फत रिब्राण्डिंगको प्रत्यक्ष कार्यक्रम गरि नयाँ लोगो सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रमलाई थप आकर्षक बनाउनका लागि गायकहरु स्वप्न सुमन तथा काली प्रसाद बास्कोटाको प्रत्यक्ष सांगितिक कार्यक्रम गरिएको थियो । यस किसिमको कार्यक्रम बीमा क्षेत्रमा पहिलो पटक भएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष रवि भक्त श्रेष्ठले लोगो परिवर्तन, यसको आवश्यकता तथा महत्वको बारेमा प्रकाश पर्नुभयो । उक्त कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा व्यापार प्रवद्र्धन तथा रणनीति विभागका प्रमुख श्री आदर भण्डारीले कम्पनीको लोगो
परिवर्तन र ब्रान्डिङ्ग तथा सोमा प्रयोग भएको रंग तथा त्यसले कम्पनीको विविध पक्षको प्रतिनिधित्व गरेको जानकारी गराउनु भयो ।

ग्राहकवर्गको बदलिंदो आवश्यकता, चाहना र माग बमोजिम बीमा सेवालाई थप सरल, सहज तथा सुपथ गर्दै समयानुकुल अद्यावधिक गर्न, नयाँ टिम, नयाँ कार्य योजना, नयाँ कार्य पद्धति तथा नयाँ प्रविधिको प्रयोग गर्दै आएको कुरालाई प्रतिनिधित्व गर्न साथै ग्राहकवर्गलाई थप आकर्षण गर्न नयाँ लोगोले महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री