शनिबार, १५ वैशाख २०८१

कोभिड-१९ बिरुद्धको खोप लगाएका २३ जनाको मृत्यु

समयपोष्ट २०७७ माघ ४ गते १३:०९

Advertisement

फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको कोभिड-१९ बिरुद्धका खोप लगाएका २३ जनाको मृत्यु भएको छ ।

नर्वेमा १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा र अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा ८० बर्ष उमेर समूहका रहेका छन् । नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले साधारण ज्वरो आएका व्यक्तिहरुमा खोप लिने बितिकै सामान्य प्रभाव परेको र गम्भीर प्रकृतिका बिरामीलाई भने उक्त खोप घातक सावित भएको बताउनुभयो । घटना लगत्तै नर्वेले कोरोनाको खोपको स्वरुप परिवर्तन गरेको सिगर्डले जानकारी दिनुभयो ।

यता फाइजरले भने घटनाबारे नर्वे मेडेसिन एजेन्सीसंगको समन्वयमा अनुसन्धान भइरहेको जनाएको छ । नर्वेमा ३० हजार भन्दा बढीलाई गत महिना फाइजर र मोर्डनाको पहिलो डोज दिइसकेको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री