बिहीबार, १३ वैशाख २०८१

एनएमबि बैंकको २५ औं साधारण सभा सम्पन्न, १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित

समयपोष्ट २०७७ पुष २९ गते १६:४७

Advertisement

एनएमबि बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुधबार बैंक संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उक्त सभाले बैंकले अधिकृत पूँजी रु.१६ अरबबाट बृद्धि गरी रु.२० अरव पुर्याउने प्रस्ताव पारित गरेको छ ।

कोभिड-१९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री