शनिबार, १५ वैशाख २०८१

भरतपुर क्यान्सर अस्पतालकी नर्स मृत फेला

समयपोष्ट २०७७ पुष २९ गते १२:५९

Advertisement

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत नर्स मृत फेला परेकी छिन् ।

भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित आफ्नै कोठामा २४ वर्षीय लक्ष्मी जोशी सोमबार मृत फेला परेकी हुन् । डिउटीको समयमा अस्पताल नपुगेपछि खोजी गर्ने क्रममा उनी आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिईन् ।

कञ्चनपुर स्थायी ठेगाना भएकी ती नर्स २०७६ असार २२ गतेदेखि सो अस्पतालमा कार्यरत थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री