शुक्रबार, ७ वैशाख २०८१

तैमुरसँग विवाह गर्न चाहन्छिन् नायिका नोरा फतेह, करिनाको यस्तो छ जवाफ

समयपोष्ट २०७७ पुष २४ गते १६:३४

Advertisement

करिना कपुरको शो ह्वाट वुमन वान्ट थ्री मा क्यानाडेली डान्सर तथा नायिका नोरा फतेह पाहुनाको रुपमा पुगिन् । करिना कपुरले उनलाई पति शैफ अलि खान र आफूलाई उनको डान्स मुभ्स अत्यधिक मन पर्ने गरेको बताइन् ।

यसको जवाफमा नोराले करिनालाई विवाहको प्रस्ताव नै राखिदिइन् । नोरा भन्छिन्, ‘मलाई आशा छ कि तैमुर जब चाँडै नै हुर्किनेछन् तब हामी मेरो र उनको (तैमुर) को इन्गेजमेन्ट वा विवाहबारे सोच्नेछौं ।’

यसको जवाफ दिँदै करिना भन्छिन्, ‘उनी अहिले चार वर्षका मात्रै छन् । यसमा धेरै नै समय लाग्नेछ ।’ त्यसपछि नोराले हाँस्दै भनिन्, ‘केही छैन, म प्रतिक्षा गर्नेछु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री