बिहीबार, १५ चैत २०८०

ज्योति लाईफको ज्योति ईजी पे जीवन बीमा योजना बजारमा

समयपोष्ट २०७७ पुष २२ गते १८:४२

Advertisement

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ज्योति ईजी पे जीवन बीमा योजना बजारमा ल्याएको छ ।

यस योजनामा प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै प्रथम बीमाशुल्क पछि कम मात्र बीमाशुल्कमा यस योजनाले पूर्ण जोखिम बहन गर्नुको साथै राम्रो प्रतिफल प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रत्येक वर्ष ठुलो बीमाशुल्क बुझाउनु पर्ने अवस्थाबाट मुक्त पार्दै तयार पारिएको यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५% रकम दोस्रो वर्ष देखीको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

बुधबार कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले उक्त योजनाको उद्घाटन गर्नुभएको हो ।

ISO 9001:2015 गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त यस कम्पनीले चाँडैनै रु ६६ करोड बराबरको शेयर सर्वसाधारणको लागि निष्कासन गर्ने तयारीमा रहेको र सदैव जनचाहना अनुरुपको योजनाहरु बजारमा ल्याएको कुरा जानकरी गराउँदै आगामी दिनहरुमा पनि निरन्तर्ता दिने कुरा प्रमुख कर्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री