मंगलबार, ११ वैशाख २०८१

प्रेमले पखेटा दिइरहेको हुन्छ, बन्धन होइन

समयपोष्ट २०७७ पुष २१ गते १६:०६

Advertisement

ओशोको बारेमा थाहा नपाउने मान्छे सायद बिरलै होलान् । ओशो प्रेम, अध्यात्म र मानव विकासबारेका आफ्ना दर्शनका कारण चर्चित छन् । ओशोको खास नाम चन्द्र मोहन जैन हो । उनी भारतको भोपालमा सन् १९३१ मा जन्मिएका थिए । उनलाई आचार्य रजनिश वा ओशो भनेर आम मानिसले चिन्छन् । उनै आशोको सात चर्चित अभिब्यक्तिबारे यहाँ चर्चा गरिदै छ ।

माया प्रशंशा हो

यदी तपाईं फुल मन पराउनुहुन्छ भने नटिप्नुस् किनकी यसलाई टिप्दा यो मर्छ र तपाईंको माया समाप्त हुन्छ । त्यसैले यदी फुल मन पराउनुहुन्छ भने यसलाई जस्ताको त्यस्तै छाडिदिनुस् । प्रेम आक्रामकता होइन, यो प्रशंशा हो ।

प्रेमले पखेटा दिइरहेको हुन्छ, बन्धन होइन

यदी हामीले हाम्रो प्रिय व्यक्तिलाई सिमित गर्न चाह्यौँ भने वा परिवर्तन हुनका लागि माग ग¥यौँ भने हामी त्यो व्यक्ति रहँदैनौँ जसले प्रेम गर्छ । त्यसैले अरुलाई सम्मान गर्नु र उनीहरु जस्तो छन्, त्यस्तै रहन दिनु महत्त्वपूर्ण छ ।

पाको हुनुले मौलिकता स्वीकारिरहेको हुन्छ

तपाईं जस्तो व्यक्ति हुनुहुन्छ, त्यही रहनुस् । अर्को बन्ने प्रयास नगर्नुस् र तपाईं पाको बन्नुहुनेछ । पाकोको हुुनुले मौलिक हुने कुरालाई स्वीकारेको हुन्छ, मूल्य जेसुकै होस् ।

सधैँ खुसी रहनुस्

आफैमा मस्त रहनुस् । यदी काममा तपाईं खुसी हुनुुहुन्न भने परिवर्तन गर्नुस् । ढिलाइ नगर्नुस् ।

तपाईं पृथक हुनुहुन्छ

कोही पनि उच्च छैन, कोही पनि निच छैन । तर, कोही समान पनि छैनन् । मानिसहरु सामान्य र पृथक नै छन्, अतुलनीय छन् । तपाईं तपाईं हुनुहुन्छ, म म नै हुँ । मैले मेरो जीवनमा मेरो सम्भावनाको योगदान गर्नुपर्छ, तपाईंले तपाईंको सम्भावनाको योगदान गर्नुपर्छ । मैले आफैलाई खोज्नुपर्छ, तपाईंले तपाईं आफैलाई खोज्नुपर्छ ।

डर बिना बाँच्नुस्

डर सकिएपछि जीवन सुरु हुन्छ । डरले सीमित बनाइदिन्छ, बन्धनमा पार्छ र सानो बनाइदिन्छ । यसले हाम्रो जीवन चोरेर लैजान्छ । हामी जे कुरामा डराएका छौँ, त्यसलाई बहादुर भएर सामना गर्नुपर्छ ।

आफैभित्र रमाउनुस्

यदी तपाईं आफैं आफुसँग रमाउन सक्नुहुन्न भने को तपाईंसँग रमाउन सक्ला ? त्यसैले आफैलाई माया गर्नुस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री