आइतबार, २३ वैशाख २०८१

तैमुरको हेरचाह गर्ने न्यानी र प्रधानमन्त्री मोदीको तलव बराबर !

समयपोष्ट २०७६ माघ १५ गते १०:४०

Advertisement

बलिउड अभिनेत्री करीना कपुर र सैफ अलि खानका छोरा तैमुर चर्चित स्टार किड्स हुन् ।

उनको हरेक कुरालाई मानिसले निकै रुचि पुर्वक हेर्ने गरेका छन् । उनका स साना कुराहरु पनि सामाजिक सञ्जालमा भाईरल हुँने गरेको छ । यि चर्चित स्टार किड्सलाई स्यारसुुसार गर्ने जिम्मा पाएकी न्यानीको तलव कति छ होला त ?

तैमुरलाई हेर्ने जिम्मा सैफ र करीनाले सावित्री नाम गरेकी एक भारतीय महिलालाई दिएका छन् । उनी सेतो कपडा लगाएर हर समय तैमुरलाई खेलाई रहेकी देखिन्छिन् । भारतीय मिडियाका अनुसार उनको मासिक तलव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बराबर रहेको छ ।

उनको एक महिनाको तलब एक लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ । यदि केही कारणवस थप केही काम गर्न परेको खण्डमा यो रकम बढेर एक लाख ७५ हजारसम्म पुग्ने गरेको छ। यसका साथै उनलाई एक कार पनि दिइएको छ, जसमा राखेर उनले तैमूरलाई कतै बाहिर घुमाउन सकुन् । सैफ र करिना कतै विदेश भ्रमणमा जाँदा समेत सावित्री तैमुरसंगै जाने गरेकी छिन् ।

Advertisement

सन् २०१९ मा, करीना अरबाज खानको शो पिन्चमा गएकी थिइन् । सो समय एक प्रशंसकले उनलाई सावित्रीको तलवको बारेमा सोधेका थिए यसको जवाफमा, करीनाले भनेकी थिइन् – ‘तपाईको बच्चालाई खुशी र सुरक्षित राख्नको कुनै मूल्य छैन।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री