आइतबार, २३ वैशाख २०८१

सबैभन्दा ठूलो भन्दा पनि सबैले मन पराउने बैङ्क बन्ने हाम्रो प्रयास जारी छ : एनएमबी बैङ्कका सीईओ सुनील केसीको अन्तर्वार्ता

समयपोष्ट २०७६ माघ १५ गते ९:५९

Advertisement

बैङ्कलाई अझ प्रतिश्पर्धी बनाउँने यहाँहरूको रणनीति के हुन्छ ?

पहिलेदेखि लिएको रणनीतिलाई नै निरन्तरता दिएर अगाडि जान्छौँ । अहिले बजार अलि बढी प्रतिस्पर्धी हुँदै गइरहेको छ । बैङ्कबीच ठूला ठूला मर्जर हुन थालेको अवस्थामा हामीले आफूलाई अलि फरक ढङ्गमा कसरी लैजाने भन्ने सोचिरहेका छौँ । हामी जहिले पनि दिगो फाइनान्सिङको कुरा र दिगो बृद्धि (सस्टेनेबल ग्रोथ)को कुरा गर्ने भएको हुँदा कन्सिस्टेन्ट्ली नै जान्छौँ । आउने चुनौतीलाई फरक ढङ्गले सम्बोधन गर्न खोज्छौँ ।

बिग मर्जरको सुरुवात भइसकेको छ । राष्ट्र बैङ्कले मर्जरलाई प्रोत्साहन पनि गरिरहेको छ । एनएमबी बैङ्कलाई कस्तो संस्थाको आवश्यकता छ ?

हामी एसएमई, माइक्रो एसएमई, रिटेल बैङ्किङमा फोकस गरिरहेका छौँ । त्यसलाई सहज र सपोर्ट हुने खालको मर्जरको प्रक्रियामा हामी जान पनि सक्छौँ । हामीले फोकस गरेका ठाउँमा शाखा सञ्जाल चाहिने भएकाले कस्टुमर बेस भएको ठाउँमा हामी जान रुचाउँछौँ । सबै खालका विकल्प खुला राखेर अगाडि बढ्ने सोचिरहेका छौँ । हामीले जसरी अहिलेसम्म मर्जर गरिरहेका छौँ जहाँ भौगोलिक रूपमा हाम्रो उपस्थिति न्यून छ, हामीले खोजे जस्तो व्यवसायको अवसर भएको ठाउँमा हामी गइरहेका छौँ । त्यही प्रक्रियामा हामी बैङ्किङ कार्य गर्ने नै छौँ ।

Advertisement

सेमी, माइक्रो सेमी, कृषि जस्ता क्षेत्रमा कुनै बैङ्कको एक्सपर्टिज छ र त्यसमा काम भइरहेको छ भने त्यस्तोसँग जाँदा बढी सिनर्जी हुने र हाम्रो ओभरअल रणनीतिलाई सपोर्ट गर्ने खालको भए हामी जान्छौँ ।

आजको मितिमा हाम्रो करिब २० अर्ब जतिको कोर क्यापिटल रहेको अवस्था छ । साधारण सभापछि १४ अर्बको हाराहारी पेड अफ क्यापिटल भइसकेको छ । पुँजीका लागि मात्र अहिले क्यापिटल याडिक्युसी रेसियो हेर्ने हो भने १५ प्रतिशतभन्दा माथि रहेको अवस्था छ । त्यसकारण पुँजी मात्र एउटा फ्याक्टर होइन । अन्य प्रडक्ट, नयाँ भौगोलिक क्षेत्रमा जाने र अहिले भएको हाम्रो पदचाप र शाखालाई सपोर्ट गर्ने खालको नयाँ क्षेत्रमा जाने भन्ने हो । सेमी, माइक्रो सेमी, कृषि जस्ता क्षेत्रमा कुनै बैङ्कको एक्सपर्टिज छ र त्यसमा काम भइरहेको छ भने त्यस्तोसँग जाँदा बढी सिनर्जी हुने र हाम्रो ओभरअल रणनीतिलाई सपोर्ट गर्ने खालको भए हामी जान्छौँ ।

अहिले बढेको जुन पुँजी छ त्यो अनुसार रिटर्न दिनुपर्ने र राष्ट्र बैङ्कले समय समयमा जारी गर्ने निर्देशन पालना गर्न कत्तिको प्रेसर छ ?

आफ्ना–आफ्ना किसिमका चुनौती जुनसुकै क्षेत्र, पेसा, व्यवसायमा हुन्छन् । सबै कुरा परिवर्तनशील हुन्छन् । देशभित्र मात्र नभई देश बाहिरका कुराले पनि असर गरिरहेका हुन्छन् । यस्तो वातावरणमा आफ्नो लक्ष्य अगाडि लिएर जानुपर्ने हुन्छ । त्यसमा चुनौती हुन्छन् । त्यो चुनौती व्यवस्थापन गर्नु नै हाम्रो काम हो ।

अहिले कर्जाको माग कम हुँदै गएको छ, बैङ्कले लगानीमा संयमता अपनाउन थालेका हुन्, या नियामक निकायकै कारण हो ?

अहिले हामी ट्याक्स, ट्रान्सपरेन्सीमा र गत एक/दुुई वर्षदेखि रेगुलेटरको फोकसमा रहँदै आएको अवस्था हो । त्यसले गर्दा सुरुका दिनमा अलिकति अप्ठेरो परिस्थिति सिर्जना भइहाल्छ । सबैलाई करको दायरामा ल्याउनु राम्रो कुरा हो । ग्राहकमा चेतनाको कमी, पूर्व तयारी नहुँदा र तयार भइनसकेको अवस्थामा सहज नहुन पनि सक्छ । भोलि यसलाई मिलाएर लैजानुपर्ने नै हुन्छ । पाँच/छ महिनाको डाटा हेर्दा डिपोजिट ग्रोथभन्दा लोनको ग्रोथ नै बढी देखिन्छ । त्यसकारण ग्रोथ नभएको होइन । पहिलेको अनुुभवका आधारमा बैङ्कले ब्यालेन्स मिलाएर ग्रोथ अगाडि बढाइरहेका हुन् कि भन्ने पनि हो । अहिले नयाँ आएको प्रावधानले ग्राहकलाई मिलाउँदै गर्दा समय लागेको हुनसक्छ ।

अब क्रेडिट क्रन्चको समस्या अन्त्य भएको हो ?

अन्त्यभन्दा पनि यो समयसँगै चलिरहने प्रक्रिया हो । गत वर्षलाई हेर्ने हो भने अहिले अलिकति सहज अवस्था हो । त्यो भनिरहँदा अहिले डिपोजिटको ग्रोथभन्दा लोनको ग्रोथ बढी भएको अवस्था छ । सरकारले झण्डै दुई सय अर्बको पैसा बजारबाट उठाउने प्रक्रिया सुरु गरिसकेको छैन । त्यो सबै गर्ने हो भने स्थिति बिस्तारै सहज बन्दै जान सक्छ । सबै संयमित भएर जाँदा स्थिरताको वातावरण पहिलेभन्दा बेटर भएकै हो जस्तो लाग्छ ।

बैङ्किङ सिस्टमभन्दा बाहिर रहेको पैसालाई बैङ्किङ सिस्टममा ल्याउन सक्यौँ भने त्यसले ब्याजको स्थिति केही सहज बनाउन सक्ला ।

यसले ब्याजदरलाई पनि केही प्रभाव पार्छ ?

तत्काल ब्याजलाई प्रभाव पारिहाल्ने खालको परिवर्तन अहिले मैले देखेको छैन । डिपोजिट राम्रोसँग मोबिलाइज गर्न सक्यौँ र बाहिरबाट पैसा लिएर आउन सक्यौँ भने अरू सोर्सलाई बिस्तारै बैङ्किङ सोर्समा तान्न सकिन्छ । बैङ्किङ सिस्टमभन्दा बाहिर रहेको पैसालाई बैङ्किङ सिस्टममा ल्याउन सक्यौँ भने त्यसले ब्याजको स्थिति केही सहज बनाउन सक्ला ।

माघबाट गो–एएमएल सिस्टम लागू हुँदैछ । यसले कत्तिको प्रभाव पार्छ ?

तीन÷चार वर्ष अघिदेखि लिइरहेको सूचनालाई नै एउटा फम्र्याटमा राखेर अनलाइन रिपोर्टिङ गर्ने व्यवस्था हो यो । ग्राहकले सूचना नपाउँदा र बैङ्कले सूचना नदिँदा केही समस्या आउन सक्छन् तर यसमा आजभन्दा दुुई/तीन हप्ता अगाडिदेखि नै हामी लगायत केही बैङ्क यसमा आबद्ध भइसकेका छौँ । त्यसमा सुरुवातमा केही सानातिना अप्ठयारा आए पनि यो अगाडि लिएर नै जान्छौँ । ग्राहकबाट सूचना आएपछि त्यो सूचनालाई ‘स्ट्रक्चर वे’मा मिलाएर रिपोर्टिङ गर्ने कुरा मात्र हो । ग्राहकलाई अप्ठ्यारो पारेर पैसै निकाल्न नदिने भन्ने होइन ।

बैङ्किङ सेवा अहिले मोबाइलमा केन्द्रित भएको छ तर बैङ्क त्यता नगई किन शाखा विस्तारमै दौडिरहेका होलान् ?

नेपालका केही क्षेत्रमा अझै पनि बैङ्क पुुगेका छैनन् । त्यसकारण शाखा विस्तार पनि जरुरी छ । सङ्घीयतामा देश गइसकेपछि त्यहीँ अनुरुप बैङ्कलाई पुु¥याउने हिसाबमा शाखा खुल्दै गएका हुन् । काठमाडौँमा मात्र नभई बिस्तारै आर्थिक क्रियाकलाप बाहिर गइरहेको हुँदा त्यहाँ बैङ्कको आवश्यकता पर्ने हुन्छ । त्यहाँ देखिएका अवसरले गर्दा नै हामीले शाखा विस्तार गरेका हौँ । ९० प्रतिशत कारोबार शाखा मार्फत भइरहेको अवस्था छ । बिस्तारै नयाँ किसिमका वैकल्पिक च्यानल लिएर आइसकेपछि बैङ्किङ हलबाट भन्दा पनि बढी कारोबार अनलाइनबाट हुन थालेपछि त्यो विपरीत अवस्था (अपोजिट सिच्युएसन)मा आउँछ । त्यसपछि शाखाको काम ग्राहकसँग फेस टु फेस फिजिकल इन्ट्रयाक्सन गर्नेमा मात्र जान्छ । त्यसपछि शाखा विस्तार कम हुन थाल्छ । बैङ्क जतिसुकै डिजिटाइज भएर च्यानल अथवा प्रडक्ट क्रियट गरे पनि त्यसमा चेतनाका कुरा पनि त्यत्तिकै आउँछन् । त्यसमा सुधार आउन केही समय लाग्छ । त्यसलाई सबै बैङ्किङ क्षेत्र मिलेर काम गर्दा सुध्रिन्छ । अहिले बाहिरको मार्केटमा जे भइरहेको छ भोलिका दिनमा त्यस्तो स्थिति आउँदैन । धेरैजसो कारोबार बाहिरबाट हुन थालेपछि अहिलेको जस्तो गरी शाखा नबढ्लान् ।

 

९० प्रतिशत कारोबार शाखा मार्फत भइरहेको अवस्था छ । बिस्तारै नयाँ किसिमका वैकल्पिक च्यानल लिएर आइसकेपछि बैङ्किङ हलबाट भन्दा पनि बढी कारोबार अनलाइनबाट हुन थालेपछि त्यो विपरीत अवस्था (अपोजिट सिच्युएसन)मा आउँछ । त्यसपछि शाखाको काम ग्राहकसँग फेस टु फेस फिजिकल इन्ट्रयाक्सन गर्नेमा मात्र जान्छ । त्यसपछि शाखा विस्तार कम हुन थाल्छ ।

 

एनएमबी बैङ्कका आगामी योजना के छन् ?

एक सय २० अर्ब बराबरकोे लोन, एक सय २५ जतिको डिपोजिट लिएर काम गरिरहेका छौँ । करिब १४ अर्ब बराबरको पेड अफ क्यापिटल, करिब २० अर्ब बराबरको कोर क्यापिटल, क्यापिटल याडिक्युसी रेसियो १५ प्रतिशतभन्दा माथि छ । सीसीडी रेसियो पनि अहिले हामी कम्फर्टटेबल अवस्थामै छौँ । ७८ भन्दा कम लेबलमा बसेर काम गरिरहेका छौँ । नेपालको आर्थिक गतिविधि अनुसारको ग्रोथमा हामी गइरहेका छौँ । हामीले यस अघिको क्वाटरमा एउटा विकास बैङ्क मर्ज गरेका थियौँ । त्यसमा बिस्तारै फोकस भएर त्यसलाई इन्टिग्रेट गरेर हामी अगाडि बढ्दै छौँ । एउटा लेबलमा तीन/चार वटा सेक्टरमा फोकस गरिरहेका छौँ । जलविद्युत्, ऊर्जा, शिक्षा, नवीकरणीय ऊर्जा र पर्यटन यी पाँच मुख्य क्षेत्रमा छौँ । त्यस बाहेक पूर्वाधारका क्षेत्रमा पनि काम गरिरहेका छौँ ।

डिजिटाइजेसनको क्षेत्रमा, स्टाफको क्षमता वृद्धि गर्ने क्षेत्रमा, सेयर होल्डरलाई राम्रो रिटर्न दिने कोसिसमा, ओभर अल सोसाइटी अथवा इकोनोमीको रियल कोर सेग्मेन्टमा कन्ट्रिब्युट हुने सेक्टरमा काम गरेर अगाडि बढ्ने सोच छ ।

निर्यात प्रवद्र्धन गर्ने खालको उद्योगमा हामी काम गरिरहेका छौँ । देशले एउटा लक्ष्यमा जसरी अगाडि बढ्न खोजेको छ त्यसमै अलाइभ भएर त्यसमा बढ्दै छौँ । सस्टेनेवल ग्रोथ, सस्टेनेबल फाइनान्सिङ र रियल इकोनोमीमा योगदान कसरी हुन्छ भन्ने सोचेर काम गरिरहेका छौँ । नेपालको सबैभन्दा ठूलो बैङ्कभन्दा पनि सबैले मन पराउने बैङ्क बन्ने हाम्रो प्रयास जारी छ । त्यसको लागि ग्राहकको सेवा सुविधाको क्षेत्रमा जस्तो डिजिटाइजेसनको क्षेत्रमा, स्टाफको क्षमता वृद्धि गर्ने क्षेत्रमा, सेयर होल्डरलाई राम्रो रिटर्न दिने कोसिसमा, ओभर अल सोसाइटी अथवा इकोनोमीको रियल कोर सेग्मेन्टमा कन्ट्रिब्युट हुने सेक्टरमा काम गरेर अगाडि बढ्ने सोच छ । गत वर्ष नेपालकै सबैभन्दा बढी डिभिडेन्ट घोषणा गर्ने बैङ्क बनेका थियौँ । ३५ प्रतिशत लाभांश प्राप्त गरेका थियौँ । जुन हामीले विभिन्न किसिमले अप्टिमाइजेसन गरेर प्राप्त गर्न सफल भएका हौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री