यो गाउनका कारण ट्रोल भइन् प्रियंका

प्रियंका चोपडा ग्रामी अवार्ड अवार्ड २०२० मा सरिक हुँदा लगाएको पहिरनका कारण ट्रोल भएकी छिन् ।

Advertisement

आइतबार भएको ग्रामी अवार्ड २०२० मा सरिक हुँदा प्रियंकाले फेशन डिजाइनर राल्फ एन्ड रुसोको डिजाइनर ड्रेस लगाएकी थिईन् । पति निक जोनाससंगै रेट कार्पेटमा इष्ट्रि गरेकी उनको लुकलाई कतिले जेनिफर लोपेजको लुकसँग दाँजे भने कतिले ट्रोल गर्न भ्याए ।

प्रियंकाले उक्त अवार्ड कार्यक्रममा जानु अघि आफ्ना केही तस्बिर इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् जसमा उनी त्यही पहिरनमा देखिएकी छिन् । यसमा थुप्रै प्रयोगकर्ताले प्रियंकाको यो पहिरनलाई उनको अहिलेसम्मकै सबैभन्दा भद्दा पहिरन भनेका छन् ।

एकजनाले लेखेका छन्, ‘अरे, यस्तो विघ्न क्लिभेज कसले देखाउँछ यार…’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईं निकै सुन्दर हुनुहुन्छ तर यो पहिरन तपाईंलाई फिटिक्कै सुहाएन ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘भुइँमा लत्रिएको जुन कपडा छ, त्यसले आफ्नो फ्रक पूरा गर बहिनी…’

Advertisement

तर केही मानिसहरुले प्रियंकालाई ट्रोल गरेकोमा आफ्नो रोष पनि व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘यदि एक पुरुषले आफ्नो शरीर देखाए त्यो ठिक हुन्छ तर महिलाले देखाए भद्दा ? साँच्चै नै… मेरो उमेरका मानिसहरु पागल छन् । उनलाई जे मन लाग्छ, त्यो लगाउन देउ ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री