शुक्रबार, १४ वैशाख २०८१

के हो कोरोना भाइरस ? यस्तो हुन्छ लक्षण

समयपोष्ट २०७६ माघ १० गते १३:१३

Advertisement

चीनमा देखा परेको कोरोना भाइरसबाट हालसम्म १७ जनाले ज्यान गुमाईसकेका छन् । हङकङ, थाइल्याण्ड लगायतका देशहरुमा यो तीव्र रुपले फैलिइरहेको छ । नेपालमा यो रोग फैलिन नदिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रले विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर काम गरिरहेको । त्रिभुवन विमानस्थलमा पर्यटकको स्वास्थ्य जाँचका लागि विशेषज्ञ चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

के हो कोरोना भाइरस ?

चीनमा पत्ता लागेको कोरोना भाइरसलाई श्वाप्रश्वाससम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरस भनिएको छ ।

२०१९-एन सीओभी भनिएको उक्त भाइरस कोरोना वर्गको नयाँ प्रजाति भएको ठानिएको छ, जुन यसअघि मानिसमा फेला परेको थिएन । सन् २००० को दशकको आरम्भतिर संसारभरी झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोनाभाइरस नै थियो । कोरोना भाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो ।

यो भाइरसको संक्रमण भएमा ज्वरो आउने, कसैकसैमा श्वास प्रश्वासमा समस्या आउने र निमोनियाको लक्षण देखिने गर्छ । यो भाइरसले फोक्सोको ठूलो भागमा संक्रमण गराई निमोनियाको विकास गर्छ । अन्य संक्रमणमा भन्दा कोरोना भाइरसमा निमोनिया गराउन सक्ने क्षमता बढी हुन्छ ।

जनावरबाट सर्ने भनिएको यो भाइरस अहिले मानिसबाट मानिसलाई सर्ने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री