महालक्ष्मी विकास बैंकका ग्राहकलाई चिरायु अस्पतामा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रा. लिबीच सम्झौता गरेको छ ।

Advertisement

उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एन. आर. वैद्य ज्यूले हस्ताक्षर गर्नु भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २०%, उपचार प्रक्रियामा अधिकतम १५%, रोगको निदानमा अधिकतम १२% तथा औषधीमा ५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिंग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री