मंगलबार, ११ वैशाख २०८१

वन कार्यालय प्रमुख घुस लिदैँ गर्दा पक्राउ

rss २०७६ माघ ८ गते १७:२२

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ ।

वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री