बिहीबार, ६ वैशाख २०८१

१८० डिग्रीको कोणमा घुम्छ यी बालकको गर्दन

समयपोष्ट २०७६ माघ ७ गते १३:०१

Advertisement

भारतमा जन्मेका एक बालक अचम्मको रोगका कारण पिडित छन् । महेन्द्र अहरीवार नाम गरेका बालक १२ वर्षदेखि गर्दन घुम्ने रोगबाट पिडित छन् ।

बच्चादेखि उनको गर्दन १८० डिग्रीको कोणमा घुम्ने गथ्र्यो । गर्दन सिधा गर्नको लागि उनी ५० डाक्टरकोमा गएपनि आजसम्म सीधा भएको भने छैन ।

उनी जन्मेको छ महिनादेखि गर्दन घुमाउन शुरु गरेका थिए र केही दिनमा नै १८० डिग्री कोणमा घुमाएका उनका पिता मुकेशले बताएका छन् । उनले विभिन्न डाक्टरको जँचाएपनि आजसम्म समस्या जस्ताको तस्तै रहेको बताएका छन् ।

महेन्द्रको गर्दन सहित हात खुट्टा पनि कमजोर भएको छ । अहिले उनी ठिकसंग बस्न पनि नसक्ने भएका छन् । उनलाई शौच गर्न, कपडा लगाउन र खाना खुलाउन पनि उनकी आमा मुमित्राले गर्नुपरेको बताएकी छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री