आइतबार, ६ जेठ २०८१

फुल मस्तिमा नायिका कार्की, हेर्नुहोस् थाईल्याण्डमा प्रियंकाको ब्याचलोरेट पार्टी (फोटोफिचर)

समयपोष्ट २०७६ माघ ६ गते १३:३८

Advertisement

नायिका प्रियंका कार्कीका इन्स्टाग्रामका स्टोरी र भित्ता यतिबेला थाइल्याण्डमा ‘ब्याचलोरेट पार्टी’ सेलिब्रेट गरिरहेका तस्विरहरुले रंगिएका छन् ।

चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएर नै होला उनी अहिले ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी छिन् ।
प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित अहिले थाइल्याण्डमा मस्ती गरिरहेको उनको इन्स्टाग्राम अकाउन्टमा देख्न सकिन्छ । यद्यपि, उनको विवाहको मिति भने निश्चित भइसकेको छैन । उनले पोष्ट गर्ने फोटोमा भने उनले आफूलाई ब्राइड अफ २०२० भन्ने गरेकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री