शुक्रबार, १४ वैशाख २०८१

विकासका सवै क्षेत्रहरु विपन्न वर्गमा केन्द्रीकृत गरेका छौं

समयपोष्ट २०७६ माघ ५ गते १६:०३

Advertisement

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ९ साविक अर्घा गाविस वडा नं. १ राजुपानीमा विपन्न तथा दलित परिवारमा २०३६ साउन २५ गते बुबा रूपे विक र आमा काली विकको कोखबाट ठाकुरकुमार विक ‘किशोर’ कान्छो छोराको रूपमा जन्मिएका थिए । विकका बुबाले आरनको (फलाम) काम गरी जीवीका चलाउनुका साथै कटाले तथा घर निर्माणको सुर लगाउने मिस्त्री भएकाले सुरे भनेर परिचित थिए । बुबाको कामबाट पेसा सिकेका दाजुहरूले आरन पेसा अँगालेको भए तापनि कान्छा छोराको रूपमा जन्मिएका ठाकुरकुमार विकले कक्षा १० मा पढ्दासम्म बालीघरेको रूपमा भाडा बनाउने गर्दथे । उनलाई धारा–पँधेरामा पानी थाप्ने क्रममा गाग्री छुन नहुने भन्ने विभेद देखेपछि बाल्यावस्थामा बिनाकारणले मान्छे–मान्छेमा विभेद भन्ने कुराले पिरल्थ्यो । उनी त्यो विभेद अन्त्य गर्न चाहन्थे । तत्कालीन नेकपा एकता केन्द्र संयुक्त र जनमोर्चाको तिहारको भैलोमा सबै जात समुदायका व्यक्तित्वहरूसँगै खेल्दा र मेस सञ्चालन गर्दा विभेद नदेखेपछि त्यसबाट प्रभावित भई त्यति बेलादेखि नै उनको कम्युनिस्टप्रति झुकाव बढ्दै गयो । उनले तत्कालीन सन्दर्भमा अनेरास्ववियु (क्रान्तिकारी)को साधारण सदस्य कक्षा कमिटी, मूल इकाइ हुँदै २०५१ सालमा जिल्ला कमिटी सदस्य, योङ कम्युनिस्ट लिग, पार्टी सेल कमिटी, सेक्रेटरी गुल्मी अर्घाखाँची जिल्ला संयुक्त हुँदा ३ नं. एरिया कमिटी सदस्य, स्वयंसेवक दलितको अध्यक्ष हुँदै क्रान्तिकारी विद्यार्थी सङ्गठनको जिल्ला अध्यक्षको जिम्मेवारी पाए । उनले २०५७ सालबाट पार्टी जिल्ला कमिटी सदस्य, २०५९ सालमा जिल्ला सचिवालय, २०६० सालमा जिल्ला सेक्रेटरी हुँदै पार्टीको राज्य कमिटी सचिवालय सदस्य, जिल्ला सेक्रेटरी, २०७२ सालमा पार्टीको केन्द्रीय सदस्य, जिल्ला निर्वाचित कमिटीको सचिव, उपाध्यक्ष र पार्टीको पीबीएम, जिल्ला संयोजक, जयुद्धकालमा इस्वाइड कमान्डर, पूर्वजनमुक्ति सेना नेपालको प्लाटुन कमिसार भई जिम्मेवारी वहन गर्ने अवसर पाए । शान्ति प्रक्रियामा आएपछि स्थानीय शान्ति समितिको संयोजक, पाणिनी बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्य, सहकारीको अध्यक्ष हुँदै राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्ने क्रममा पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको जिल्ला सचिव र प्रदेश कमिटी सदस्य रही काम गर्दै आएका विक २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाको नगर उपप्रमुखको रूपमा निर्वाचित भई कुशलतापूर्वक काम गरिरहेका छन् । उनीसँग यी र यिनै विषयमा केन्द्रित रहेर गरेको कुराकानी :

सन्धिखर्क नगरपालिकोको उपप्रमुखको रूपमा अहिले यहाँको दिनचर्या कसरी बितिरहेको छ ?

सन्धिखर्क नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटलाई कार्यान्वयनको क्रममा घनिभूतरूपमा खटिरहेका छौँ । योजना कार्यान्वयनको उत्कर्षको समय भएको हुँदा नगरबासीहरूले अपेक्षा गरेअनुरूप विनियोजन गरेको बजेटअनुरूपको लागत इस्टिमेट र सोबमोजिमको काम भए–नभएको, गुणस्तरीय दिगो, पारदर्शी सबैले अपनत्व हुने गरी कार्यान्वयन भए–नभएको, उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरूले सम्झौतामुताविक निर्धारित समयमा गुणस्तरीय कार्यसम्पन्न गरे–नगरेको बारेमा प्रभावकारी अनुगमन गर्ने काम भएको छ । साथै, म न्यायिक समितिको संयोजकको जिम्मेवारी भएकाले न्यायिक समितिमा दर्ता भएका मुद्दाहरू हरेक हप्ताको सोमवार मेलमिलापको लागि छलफल गराउने अथवा न्यायिक समितिका कार्यहरू गर्ने र नगरबासी जनताका गुनासा सुन्ने व्यवस्थापन गर्ने दुःखसुखको छेडमा भए पनि भेटघाट गर्ने साथै उपभोक्ता हित संरक्षण समितिको संयोजक भएकाले बजार अनुगमनलाई निरन्तरता दिनुका साथै अन्य सामाजिक सङ्घसंस्थाहरूको कार्यक्रममा सहभागी हुनेलगायतका कार्यहरूमा नगरबासीहरूकै साथमा दिनचर्या बितेको छ ।

नगरपालिकाको उपप्रमुख भएर तीन वर्ष काम गर्नुभयो ? यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

स्थानीय तहको निर्वाचनमा मलाई सन्धिखर्क नगरबासी, मतदाताहरू, पार्टी पंक्ति, पत्रकारलगायतका सरोकारवालाहरूको सकारात्मक सहयोग र क्रियाशीलताको कारणले मलाई भारी मतले विजयी बनाउनुभयो । सर्वप्रथम सम्बन्धित सबैमा हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछु । जनताको बीचमा जुन वाचाबन्धन बाँधेका थियौँ, प्रतिबद्धता व्यक्त गरेका थियौँ, सोअनुसार तीव्र गतिमा कार्यहरूलाई अगाडि बढाइरहेका छौँ । खास हामी निर्वाचित भएपछि व्यवस्थापकीय कामलाई व्यवस्थापन गर्ने कार्य गरियो । तत्काल चाहिने ऐन, कानुन, नियमावली, निर्देशिका, कार्यविधि बनाउने, पालिकादेखि वडा कार्यालय व्यवस्थापन गर्र्नेे, कर्मचारीको व्यवस्थापनलगायतका कार्य गर्ने, जनताको अपेक्षाअनुसार पूर्वाधारतर्फ सडक, विद्युत्, खानेपानी, ऐतिहासिक धार्मिक एवं सांस्कृतिक सम्पदाका मठ–मन्दिर निर्माण गर्ने, सदरमुकामभित्रका मुख्य सडक कालोपत्रे गर्ने, मर्मत गर्ने, नाली निर्माण गर्ने, आर्थिक कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा व्यवसायिक तालिम तथा प्रविधि हस्तान्त्रण गर्ने जस्तै– हाते ट्याक्टर वितरण, दूध बेच्न राख्ने क्यान, मौरीका घार, कुलो निर्माण, टनेल वितरण, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न पोखरी निर्माण, आधुनिक शान्ति बगैँचा निर्माण, अर्घा भगवती जाने बाटोमा गेट तथा समावेशी, सांस्कृतिक र लक्षित वर्गका कार्यक्रमहरूलगायतका काम गरेका छौँ ।

विडम्बनाको कुरा अरूले गरेको राम्रो काम देख्ने आफ्नैले राम्रो काम पनि नराम्रो देख्ने प्रवृत्ति देखियो । पार्टीको नेतृत्व गर्दा आस्थाको मात्र नेतृत्व गरिन्थ्यो भने नगरपालिकाको उपप्रमुख हुँदा सबैखालका सोच, विचार, भावना र प्रकृतिहरूको मनोेविज्ञानलाई बुझेर काम गर्दा फरकखालको अनुभूति गरेको छु ।

यहाँ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिव र नगरउपप्रमुख हुनुहुन्छ, कामको तालमेल कसरी मिलाउनुभएको छ ?

म पार्टीको जिल्ला सचिवमा रहेर नेतृत्व गर्दा पार्टी पंक्ति र पार्टीको नीति, विचार, सिद्धान्तबमोजिम नेतृत्व गर्ने विभिन्न सङ्घसंस्था र सामाजिक क्षेत्रमा कार्य गर्दा पार्टीको नीतिअनुरूप कार्यान्वयन गर्ने गरेकोे छु भने अर्कोतिर पार्टी सङ्गठनको केन्द्रीय नीतिबमोजिम प्रशिक्षित गर्ने काम गर्ने गरेको छु । मेरो स्वभावअनुसार पनि पार्टी सङ्गठनमा काम गर्दा रमाउने आफूलाई पार्टीको सिपाही भएर काम गर्दा छुट्टैखालको अनुभूति हुन्छ । राजनीतिक संस्कार बोकेका व्यक्तित्वहरूसँग छलफल, सहकार्य गरिन्छ भने नगरपालिकाको उपप्रमुख हुँदा साँघुरो घेराको काम गरिएको छ । राजनीतिक संस्कारसँग पनि सहकार्य गर्नुपर्ने, कसैबाट कमजोरी भयो भने पनि दोष खेप्नुपर्ने नगरको समग्र काममा निकै मेहनतका साथ काममा लागेको छु । तर कसैले सकारात्मक काम देख्दै नदेख्ने ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ जस्तो भएको छ । काम कसैले मेहनतका साथ गरेका छन् तर कसैले त्यत्तिकै जस पाएका छन् । विडम्बनाको कुरा अरूले गरेको राम्रो काम देख्ने आफ्नैले राम्रो काम पनि नराम्रो देख्ने प्रवृत्ति देखियो । पार्टीको नेतृत्व गर्दा आस्थाको मात्र नेतृत्व गरिन्थ्यो भने नगरपालिकाको उपप्रमुख हुँदा सबैखालका सोच, विचार, भावना र प्रकृतिहरूको मनोेविज्ञानलाई बुझेर काम गर्दा फरकखालको अनुभूति गरेको छु ।

नगरबाट भए–गरेका कामप्रति यहाँ कत्तिको सन्तुष्टि हुनुहुन्छ ?

सन्धिखर्क नगरपालिकामा हामी निर्वाचित भएपछि दीर्घकालीन प्रभाव पार्नेखालका रणनीतिक महत्वका योजनाहरू थालनी गरेका छौँ, जसले आमजनतामा सकारात्मक प्रभाव पारेको छ । आम मतदाताहरूमा पनि उत्साह नै पैदा भएको अनुभूति गरेका छौँ । समग्र कार्यको मूल्याङ्कन गर्दा सन्तोषजनक नै छौँ । तर वितरणमुखी वा स–साना विकेन्द्रीकृत योजना तथा कार्यक्रमलाई ठूला रणनीतिक अर्थ राख्नेप्रति फलमुखी बनाउनतिर ध्यान केन्द्रीकृत गर्नुपर्ने र जनताको भावनाअनुसार जनप्रतिनिधिहरूको काम गर्ने निःस्वार्थ प्रक्रियाका तानाबाना बनाएर जनताका कामलाई छिटो–छरितो प्रभावकारी सेवा प्रदान गर्ने दक्ष कर्मचारी संयन्त्रलाई अहिलेको आवश्यकताअनुसार कार्य गर्ने परिवर्तन गतिलाई हृदयगमन गर्नेको आवश्यकता छ ।

जनप्रतिनिधि आएपछि पनि विकासले अपेक्षाकृतरूपमा फड्को मार्न नसकेको गुनासो पनि छ नि ?

जनप्रतिनिधि आएपछि देशभरि ७५३ अथवा सन्धिखर्क नगरपालिकामा जनताका अपेक्षाअनुसार योजनाबद्धरूपमा कामहरू भएका छन् । ती कामहरू वडा र बस्ती–टोलस्तरमा गएर प्रत्यक्ष अनुभूति गर्न सकिन्छ । उदाहरणका लागि पूर्वाधार सडकको कुरा गर्दा १२ वटै वडाको प्रत्येक टोल–टोलमा यातायातको सुविधा छ । खानेपानी, शिक्षा, स्वास्थ्य, आय–आर्जनमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, दलित, जनजाति अर्थात् लक्षित वर्गका समुदायका प्रतिनिधिहरू समेट्ने गरी विभिन्न कार्य भइरहेका छन् । सकारात्मक कामको प्रतिफल निकट भविष्यमा जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्दै छ । यद्यपि कतिपय जनताले जुन तीव्रतामा विकासको अपेक्षा गर्नुभएको छ । यहाँको वस्तुगत अवस्था, कार्यान्वयन गर्ने कर्मचारी संयन्त्रको वा आत्मगत परिस्थिति र हाम्रा विचार, दृष्टिकोण चिन्तनलाई माथिबाट उठाउन नसक्नु विकास भनेको सडक निर्माणलाई मात्र देख्नु बस्तीस्तरबाट पनि सडकलाई प्राथमिकता देख्ने समस्याको कारणले पनि अपेक्षित उपलब्धि हासिल गर्न सकिएको छैन । अर्कातर्फ भर गरेका सकारात्मक कार्यलाई स्थलगतरूपमा नदेख्ने नेपथ्यबाट नकारात्मक टिप्पणी गर्ने प्रकृतिले पनि हामीले वा जनताले गरेका कामहरू ओझेलमा पर्ने हुन कि भन्ने पनि लाग्छ ।

जनतालाई सुर्वसुलभ तरिकाले सेवा उपलब्ध गराउन नगरपालिका सहायता कक्ष खडा गरी सेवा उपलब्ध गराइएको, व्यवसायिक कृषकहरूलाई प्रविधि हस्तान्तरण गर्ने, चालू आर्थिक वर्षका योजना पारदर्शिता बनाउने, गुणस्तर र दिगो विकासलाई सार्थक बनाउन प्रभावकारी अनुगमन, उपभोक्ताहरूको गुणस्तरीय वस्तुको सुनिश्चितताका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।

नगरपालिकाले गरेका मुख्य मुख्य पाँचवटा काम भन्नुपर्दा तपाईं के बताउनुहुन्छ ?

नगरपालिकाबाट भए–गरेका कामहरू धेरै छन् । यहाँले पनि अर्थात् सञ्चारमाध्यमबाट पनि आएका छन् । तैपनि हामीले गरेका मुख्य काम १२ वटै वडामा सडक सञ्जाल भएको सबै वडाको टोलबस्तीबाट सहज ढङ्गले गर्न सकिन्छ । नौलापानी सन्धिखर्क खानेपानीलगायतका ठूला–ठूला योजना सञ्चालन, जसले निःशुल्क सहज ढङ्गले नगरबासीहरूलाई खानेपानीको व्यवस्थापन आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउन महत्वपूर्ण ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न नीति तथा बजेट व्यवस्थापन लक्षित वर्गलाई मात्र होइन, सीप विकास तथा प्रविधि हस्तान्तरण गरी प्रत्यक्ष लाभ पु¥याउने, नरपानी गङ्गासरोवर ताल निर्माण गरी डुङ्गा चलाउने, ऐतिहासिक महत्व रहेको खाँची दरबारको पुनस्र्थापना गर्ने, सीटी टावर निर्माण गर्ने, शान्ति बगैँचालाई आधुनिकीकरण गर्ने, जनतालाई सुर्वसुलभ तरिकाले सेवा उपलब्ध गराउन नगरपालिका सहायता कक्ष खडा गरी सेवा उपलब्ध गराइएको, व्यवसायिक कृषकहरूलाई प्रविधि हस्तान्तरण गर्ने, चालू आर्थिक वर्षका योजना पारदर्शिता बनाउने, गुणस्तर र दिगो विकासलाई सार्थक बनाउन प्रभावकारी अनुगमन, उपभोक्ताहरूको गुणस्तरीय वस्तुको सुनिश्चितताका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।

नगरमा प्रमुख र उपप्रमुख फरक–फरक पार्टीको हुनुहुन्छ, कामको तारतम्य मिलाउन कठिनाइ छ कि छैन ?

नगरप्रमुख र उपप्रमुख फरक पार्टीको भए तापनि हामी गर्ने प्रक्रियामा त्यस्तो फरक छैन । विगतमा साविक जिल्ला विकास समितिको सर्वदलीय संयन्त्रमा सँगै काम गरेको कारणले पनि हुन सक्छ । अर्कातर्फ हाम्रो छलफल सिङ्गो नगरपालिकालाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा हुन्छ । सबैको राम्रो बनाउने उद्देश्य भएको हुँदा अन्तिम निष्कर्ष सर्वसम्मतिले नै काम गरेका छौँ । अर्काे, संविधान र स्थानीय सरकार सञ्चालन ऐनले नै प्रमुख उपप्रमुखको काम, कर्तव्य र अधिकार तोकिएको हुँदा आफ्नो जिम्मेवारी वहन गरेका छौँ ।

यहाँलाई नगरभित्रका विकास निर्माणका कामको अनुगमन गर्ने जिम्मा छ, अनुगमनको कामलाई कसरी अगाडि बढाउनुभएको छ ?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम उपप्रमुख योजना अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक हुने व्यवस्था छ । सोअनुसार यस नगरपालिकामा सञ्चालित योजनाहरू अनुगमन गरिएको छ । अनुगमन गर्दा समग्र नगरपालिकाभित्र गत वर्षभन्दा धेरै सुधार भएको छ । कतिपय काम उपभोक्ताबाट गरेका कार्य सराहनीय भएका छन् । कतिपय निर्माण व्यवसायबाट भएका काम पनि राम्रो भएका छन् । कतिपय उपभोक्ताबाट भएका काम ल.ई. बमोजिम नहुने स्टक्चर निर्माणभन्दा माटो कटिङमा जोड दिने, कतिपय निर्माण व्यवसायबाट गुणस्तरीय र ल.इ. बमोजिम काम नगर्ने देखिएको छ । कतिपय ठाउँमा योजनाको बारेमा आम उपभोक्ताहरूलाई जानकारी नहुने, खर्च विवरण समितिका सबै पदाधिकारीहरूलाई थाहा नहुने जस्ता जिज्ञासा उठेका छन्, जसलाई अनुगमन समितिले सम्बन्धित वडाका सरोकारवालाहरूलाई सचेत गराइएको छ । नगरपालिकामा योजनाहरूको सङ्ख्या धेरै प्राविधिक जनशक्ति कमी भएको कारणले पनि गुणात्मक सुधार गर्न सकिएको छैन । खासमा योजना परेका सम्बन्धित क्षेत्र उपभोक्ताहरूमा जागरुकता भएर निगरानी गर्ने हो भने गुणस्तरीय र दिगो हुन्छ । देखिएका समस्याहरूलाई संरचनाको रूपमा काम गर्ने र आमजनतालाई सचेत बनाउँछ । उपभोक्ता हित संरक्षण समितिको संयोजक भएकाले निरन्तर बजार अनुगमन गरिएको र योजनाहरूको अनुगमनलाई अझ प्रभावकारी बनाउन ल.ई. बमोजिम काम नगर्नेलाई कारबाही गर्ने र उत्कृष्ट कर्म गर्नेलाई सम्मान गर्ने कार्य अगाडि बढाइरहेका छौँ ।

कहाँ कतै लागेको बानी छोडेर नजाने भनेझैँ कर्मचारीबाट विभिन्न निहुँमा कार्य सम्पन्न भएपछि भुक्तानीमा समस्या भए समाधान गर्न हामी तयार छौँ । बाधा–व्यवधान खडा गर्ने कर्मचारीलाई समेत कारबाही गरिन्छ । अर्काेतर्फ, उपभोक्ताहरूमाथि खेलबाड गर्ने, आवश्यक मापदण्ड पालना नगर्नेलाई पनि कानुनबमोजिम प्रक्रियामा अगाडि बढाइन्छ । त्यसमा कसले के भन्यो सरोकार राखिँदैन ।

अनुगमनमा कडाइ गर्दा गाली खानुपर्दैन ?

योजनाहरूको अनुगमन गर्दा कतिपय उपभोक्ता तथा अन्य क्षेत्रका मानुभावबाट सामान्य प्रतिक्रिया आइरहेका छन् । अर्काेतर्फ उपभोक्ता हित संरक्षण समितिको संयोजनको हिसाबले उपभोक्ताहरूको प्रत्यक्ष सरोकार राख्ने क्षेत्रको अनुगमन गर्दा स्वाभाविक रूपमा सकारात्मक, नकारात्मक टिप्पणी भएका छन् । त्यसलाई हामीले स्वाभाविक लिएका छौँ । जनताको पैसामा कुनै पनि हालतमा खेलबाड गर्न दिँदैनौँ । त्यस कारण योजनाको ल.ई. बमोजिम गुणस्तरीय कार्य भए–नभएको कडाइपूर्वक अनुगमन हुन्छ । कहाँ कतै लागेको बानी छोडेर नजाने भनेझैँ कर्मचारीबाट विभिन्न निहुँमा कार्य सम्पन्न भएपछि भुक्तानीमा समस्या भए समाधान गर्न हामी तयार छौँ । बाधा–व्यवधान खडा गर्ने कर्मचारीलाई समेत कारबाही गरिन्छ । अर्काेतर्फ, उपभोक्ताहरूमाथि खेलबाड गर्ने, आवश्यक मापदण्ड पालना नगर्नेलाई पनि कानुनबमोजिम प्रक्रियामा अगाडि बढाइन्छ । त्यसमा कसले के भन्यो सरोकार राखिँदैन, आमनगरबासी जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम–कारबाही अगाडि बढ्दछन् ।

जिल्लामा तपाईं दार्शनिक नेताको रूपमा चिनिनुहुन्छ । दैनिक कति घन्टा पढ्नुहुन्छ ? यहाँले पढ्दै गरेको किताब कुन हो ?

म तपाईंले भने जस्तै दार्शनिक व्यक्ति पनि होइन, त्यति पढ्ने व्यक्ति पनि होइन । विपन्न परिवारमा जन्मेको कारण पनि सानैदेखि राम्रोसँग अध्ययन गर्न पाइएन । घरको काम, मजदुरी काम गर्दै एसएलसी हालको एसईई पास गरेको छु । साथै, बाल मनोविज्ञानमा जातपात र छुवाछूत जस्ता भेदभाव देखिएको कारण सानैदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएँ । २०५५ सालमा क्याम्पस पढ्ने क्रममा गिरफ्तार भई जेल–हिरासत बस्नुप¥यो । त्यसपछि भूमिगत भइयो । भूमिगत हुँदा पार्टीको मुख्य कार्यभार पूरा गर्दा त्यति राम्रो अध्ययन गर्न पाइएन । तर विषय र समसामयिक विषयमा स्व–अध्ययन गरियो । शान्ति प्रक्रियामा आइसकेपछि प्राइभेट अध्ययन गरी जेटीए भेटनरी पास गरेको छु । १० महिने शिक्षासम्बन्धी र राजनीति शास्त्रबाट स्नातक पास गरी एइलएलबीमा भर्ना भएको छु । सामान्यतया दिनमा १–२ घन्टा अध्ययन गर्ने गरेको छु । मूलतः समसामयिक प्रकाशन भएका सान्दर्भिक पुस्तक र पत्रपत्रिका अध्ययन गर्ने गरेको छु ।

एउटा दलित र सामान्य परिवारबाट जबरजस्त स्थापित भएको नेता हुनुहुन्छ । नगर उपप्रमुख भएपछि नगरका विपन्न जनताको पक्षमा के काम गर्नुभएको छ ?

म सामान्य तथा दलित परिवारमा जन्मेको व्यक्ति हुँ । मलाई नगरबासी जनसमुदायले उपप्रमुखमा विजयी बनाउनुभएको छ । मलाई अत्यन्तै विश्वास गरेर माया गरेर जिताउनुभएको छ । यसप्रति म सम्बन्धित सबैमा हार्दिक आभार व्यक्त गर्दछु । म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु । मेरो कार्य अवधिमा नगरबासीको हितमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । जहाँसम्म विपन्न परिवारका लागि चलाएको कार्यक्रम सम्बन्धमा नगर सभाबाट पारित योजनाहरू सिङ्गो नगरबासीहरूको हितमा र विशिष्टरूपमा नगरका विपन्न परिवारका लागि टार्गेट गरिएको छ ।

विपन्न परिवारलाई जस्तापाता वितरण, मिर्गौला तथा मुटुरोग र क्यान्सरपीडितहरूलाई आर्थिक सहायता र विपन्न परिवारमा काजकिरिया गर्न आर्थिक सहायतासमेत दिनेलगायतका बहुआयामिक क्षेत्रमा टेवा दिने कार्यक्रम सञ्चालन गरेका छौँ ।

विकासका सबै क्षेत्रहरू विपन्न वर्गलाई केन्द्रीकृत गरेका छौँ । सीपमूलक कार्यक्रम जस्तै गाईभैँसी तथा बाख्रापालन तालिम, माहुरीपालन, उद्यमशीलता विकास एवं प्रविधि हस्तान्तरण तालिम, विभिन्न सचेतनामूलक कार्यक्रम, बुटिक तालिम, व्युटिपालर, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउसवायरिङ, बेमौसमी तरकारी, च्याउ खेती, अचार बनाउने तालिम, अगरबत्ती बनाउने, साबुन बनाउने, वेद–बाँसका तालिम, कम्प्युटर तालिम, पूर्वलोक सेवा तथा शिक्षा सेवा तयारी कक्षा सञ्चालन । विपन्न परिवारलाई जस्तापाता वितरण, मिर्गौला तथा मुटुरोग र क्यान्सरपीडितहरूलाई आर्थिक सहायता र विपन्न परिवारमा काजकिरिया गर्न आर्थिक सहायतासमेत दिनेलगायतका बहुआयामिक क्षेत्रमा टेवा दिने कार्यक्रम सञ्चालन गरेका छौँ ।

सन्धिखर्क नगरपालिकाको न्यायिक समितिको संयोजक हुनुहुन्छ, न्याय सम्पादनका काम कसरी अगाडि बढिरहेका छन् ?

नेपालको संविधान धारा २१७ बमोजिम न्यायिक समितिको संयोजक भई काम गरेको छु । हामी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा (१) बमोजिमका १३ वटा प्रकृतिका र उपदफा (२) बमोजिमका ११ प्रकृतिका मुद्दाहरू मेलमिलाप गराउने र विवाद विरूपण गराउने अधिकार कानुनले निर्धारण गरेको छ । सोबमोजिम सन्धिखर्क नगरपालिकाको न्यायिक समितिले कार्य गरिरहेको छ । सकेसम्म हामीले दुवै पक्षलाई अर्थात् वादी–प्रतिवादीलाई हित हुने गरी मेलमिलाप गराउने कार्य गरेका छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री