बिहीबार, १३ वैशाख २०८१

कुरिलो देखि फर्सिको बियासम्म, यौनक्षमता बढाउन खाने गर्नुहोस् यी दश खानेकुरा

समयपोष्ट २०७६ माघ ५ गते १५:३३

Advertisement

यौन क्षमता राम्रो भएन भने मानिसको शारीरिक, मानसिक र सामाजिक र पारिवारिक जीवन नै पनि अस्तव्यस्त बन्न सक्छ ।

खासगरी, भियाग्रा लगायत यौन क्षमता बढाउने आधुनिक औषधीहरुको जमानामा मानिसहरुले थुपै खानेकुराहरुले प्राकृतिक रुपमा नै पनि यौन क्षमतालाई बढाउन सक्छ भन्ने कुरातर्फ खासै ध्यान दिन छाडिसकेका छन् ।

कुरिलो, एभोकाडो,ब्लुबेरी,चिसो पानीमा पाइने माछा,चकलेट, खरबूजा,लसुन,सीपी,बदाम,फर्सीको बियाँ यस्ता खाने कुराहरु हुन् जसले मानिसको यौन क्षमता बृद्धि गर्न मद्दत गर्छ ।

कुरिलोमा प्रशस्त मात्रामा फोलेट पाइन्छ । भिटामीन बीको एउटा रुप फोलेटले शरीरमा हिस्टामिनको उत्पादनमा सहयोग गर्छ । सही मात्राको हिस्टामीन महिला तथा पुरुष दुवैमा स्वस्थ यौन क्षमता कायम राख्नको लागि आवश्यक हुन्छ ।

यसैगरी एभेकाडोमा शक्तिको उत्पादनको लागि अत्यावश्कय फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यसबाहेक यसो मानिसको मुड र स्वस्थ महसूस गराउने स्वस्थकर चिल्लो पदार्थ पनि प्रशस्त मात्रामा पाइन्छ ।

ब्लुबेरीले शरीरमा डोपामिनको स्तर बढाउनको लागि महत्वपूर्ण भूमिका खेल्छ । ब्लुबेरीले शरीरमा डोपामिन निस्काशनको लागि क्षमता प्रदान गर्छ । डोपानमीन भनेको हाम्रो शरीरको शक्तियुक्त उत्प्रेरक न्यूरोट्रान्समिटर हो । त्यसले उमेरबृद्धिसँगै शरीरमा हुने डोपामिनको कमीबाट पनि बचाउँछ । यसले मस्तिष्कको शक्ति उत्पादनलाई बढाउनुको साथै मस्तिष्कको कार्यक्षमतालाई पनि जवान बनाइराख्छ । बढ्दो उमेरसँग घट्ने डोपामिनको तहलाई बढाउन र चाँडो बुढो हुन नदिनको लागि ब्लुबेरीले महत्वपूर्ण भूमिका खेल्छ ।

त्यस्तै चिसो पानीमा पाइने माछाहरुमा ओमेगा ३ प्रशस्त मात्रामा हुने गर्छ । यस्ता माछाहरुले हाम्रो शरीरको यौन क्षमतलाई पनि बढाउन मद्दत गर्छ । ओमेगा ३ हाम्रो मस्तिष्क र स्नायु प्रणालीको स्वास्थ्यको लागि अति उपयोगी चीज हो । त्यसले हाम्रो मुडलाई ठीक राख्छ, स्वस्थ महसूस गराउँछ, डिप्रेसन हुन दिँदैन, छाला चम्किलो बनाउँछ र मस्तिष्कको क्षमता लाई बलियो बनाएर हाम्रो स्मरणशक्तिसमेत बढाइदिन्छ ।

यसैगरी डार्क चकलेटमा प्रेमको अनुभूति जागृत गराउने रसायन मानिने फेनाइलथायलामाइन (phenylethylamine) पाइन्छ । सो रसायनले मानिसमा यौनेच्छा जागृत गराउने तथा यौन सक्रियता पैदा गराउने काममा समेत भूमिका खेल्छ भन्ने मानिन्छ । द जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक अध्ययनमा प्रत्येक दिन एउटा टुक्रा चकलेट खाने महिलाहरुमा नखाने महिलाको तुलनामा सक्रिय यौन जीवन बढी बिताउने गरेको पाइएको थियो ।

खरबुजामा प्रशस्त मात्रामा एल–सिट्रुलिन (L-citrulline), नामक एमिनो एसिड पाइन्छ । एल–सिट्रुलिन रुपान्तरण भएर एल–आर्गिनाइन (L-arginine) र नाइट्रिक अक्साइड (nitric oxide) मा परिणत भएपछि शरीरमा राम्रोसँग रक्त प्रवाह हुनलाई सहयोग गर्छ । नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुकुलो बनाउन मद्दत गर्छ । शरीरमा नाइट्रिक अक्साइडको स्तर कम हुँदा मानसिक तथा शारीरिक थकान हुने तथा यौन दुर्बलता पैदा हुने हुन्छ । भियग्राले जस्तै खरबुजामा पाइने एल–सिट्रुलिनले पनि यौनांगहरुमा रक्तप्रवाहलाई बढाइदिन्छ । रोचक कुरा के छ भने यसको कुनै नकारात्मक असर पनि हुँदैन । यौन क्षमता बढाउने हुनाले कतिपय विज्ञहरुले त खरबूजालाई प्राकृतिक भियग्राको संज्ञा पनि दिने गर्छन् ।

लसुनमा एलिसिन allicin) पाइन्छ । यो रसायनले यौनाङ्गहरुमा रक्तप्रवाह बढाउने काम गर्छ भन्ने विश्वास गरिन्छ । केही विज्ञहरुको रायमा त लसुन यौनेच्छा बढाउने र यौनसन्तुष्टि दिने (aphrodisiac) अत्यन्तै शक्तिशाली खानेकुरा हो । तर यसले रातारात त्यो नतिजा चाहिँ दिँदैन । त्यसको लागि लसुनको ट्याब्लेट वा लसुन नै दैनिक रुपमा खाने गर्नुपर्छ । त्यसरी नियमित लसुन खाने हो भने त्यसको नतिजा एक महिनामै देखिन थाल्छ ।

समुद्रमा पाइने सीपी (Oysters) खाद्य पदार्थको रुपमा पनि उपभोग हुने गर्छ । सीपीमा प्रशस्त मात्रामा जिंक पाइन्छ । जिंक शरीरमा टेस्टोस्टेरोन (testosterone) को उत्पादन गर्न र हाम्रो शुक्रकीटलाई स्वस्थ राख्नको लागि अत्यावश्यक हुन्छ । त्यसो त महिलामा पुरुषको तुलनामा टेस्टोस्टेरोन कमै हुन्छ तर यसले पनि महिलाको यौनेच्छामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । सीपीले महिला तथा पुरुष दुवैमा यौनेच्छा जागृत गर्ने रसायन डोपामाइनलाई पनि बढाउने गर्छ ।

 

एक अध्ययनका अनुसार एल–आर्गिनाइन पुरुषहरुको यौनक्षमता बढाउनको लागि उपयोगी हुने गर्छ । बदाममा प्राकृतिक रुपमा नै प्रशस्त मात्रामा र एल–आर्गिनाइन हुने गर्छ । यो रसायनले शरीरमा रक्तनलीहरुलाई सहज तुल्याउने नाइट्रिक अक्साइड बनाउन मद्दत गर्छ । प्रारम्भिक अध्ययनहले देखाएअनुसार र एल–आर्गिनाइनले मानिसको यौन दुर्बलतालाई समेत हटाउन मद्दत गर्छ ।

फर्सीको बियाँमा पनि प्रशस्त मात्रामा जिंक पाइन्छ । फर्सीको बियाँले मािनसको प्रोस्टेट ग्लान्डलाई स्वस्थ राख्न मद्दत गर्छ । माथि पनि उल्लेख गरिसकिएको छ, जिंकले महिलाहरुको यौनक्षमतालाई बढाउने काम गर्छ । एउटा अध्ययनले फर्सीको बियाँ यौनेच्छा जागृत गराउने राम्रो खाद्य पदार्थ हो भन्ने देखाएको छ । फर्सीको बियाँमा प्रशस्त मात्रामा ओमेगा ३ पनि पाइन्छ । बताइबस्नु पर्दैन कि स्वस्थ यौन जीवनको लागि ओमेगा ३ अति आवश्यक चीज हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री