अन्य ठाँउमा सिफारिस नगरी आफैले सेवा प्रदान गर्ने हैसियत बनाउँनुहोस् : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अस्पतालले उपचार सेवा दिदा अन्य ठाँउमा सिफारिस नगरी आफैले सेवा प्रदान गर्ने हैसियत बनाउँनुपर्ने बताएका छन् ।

Advertisement

तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आयोजना गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गदै उनले भने, ‘अस्पतालमा उपचार दिँदा अन्यत्र सिफारिस गर्ने होईन, आफै सेवा दिने हुनुपर्छ’ नाम अनुसारको काम हुन आवश्यक रहेको छ । ‘यहाँका स्थानीयलाई यहि सेवा दिन ब्यवस्थित गर्नुपर्छ ।’

कार्यक्रममा उनले थला परेपछि मात्र अस्पताल जाने बानीलाई परिर्वतन गर्न समेत आग्रह गरे । उनले अस्पतालमा रहेको जमीन व्यवस्थित गरिने समेत प्रतिबद्धता जनाए ।

शनिबारबाट सुरु भएको शिविरमा श्वास प्रश्वास, पाठेघरको मुखको क्यान्सर परीक्षण, जनरल मेडिसिन सेवा, बालरोग लगायत अन्य सेवा उपलब्ध हुँने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री