बिहीबार, ६ वैशाख २०८१

थानकोटका विनयले यसकारण स-परिवार त्रिशुलीमा हाम फाले

समयपोष्ट २०७६ माघ ३ गते २०:३५

Advertisement

ऋण तिर्न नसकेपछि दुुई नाबालकसहित एक दम्पत्तीले त्रिशुलीमा हाम फालेको खुलेको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका नगरपालिका–५ थानकोट निवासी विनय लामिछानेले परिवारसहित बिहीबार साँझ धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुंगे पुलबाट त्रिशुली नदीमा हाम फालेका थिए । प्रहरीले उनको घरबाट बरामद गरेको सुुसाईड नोटमा अनलाइन बिजनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

‘सुसाइड नोटमा उनले आफूले तिर्नुपर्ने ऋणको सबै विवरण समेत लेखेका छन् । लेखिएको ऋण डेढ–दुई करोडजति नै छ’ इलाका प्रहरी कार्यालय गजुरीका प्रवक्त डिएसपी खगेन्द्र खड्काले भने ‘एकै जनालाई ५० लाखसम्म तिर्नुपर्ने समेत छ ।’

बिहीबार साँझ पुलबाट हाम फालेका ३५ बर्षिय लामिछानेलाई भने स्थानियले जिवितै उद्धार गरेका छन् । २ वर्ष र ४ महिनाका २ छोरा ,२७ बर्षिय श्रीमती जमुना रेग्मी भने बेपत्ता छन् ।

जीवितै उद्दार गरिएका बिनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री