बुधबार, १२ वैशाख २०८१

८५ स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण हुँदै , पर्यटक र विपद व्यवस्थापन सहज

समयपोष्ट २०७६ पुष २९ गते ११:४२

Advertisement

गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ ।

स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपतकालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने जानकारी दिए।

सबै स्थानीय तहमा एक÷एक वटा हेलिप्याड निर्माण गर्ने योजनासहित प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल थालेको उनले बताए।

मन्त्री लम्सालका अनुसार प्रदेश सरकारले म्याग्दी, गोरखा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५/७६ को बजेटमा करिब आठ लाख रूपैयाँ विनियोजन गरेको छ ।

यी चार जिल्लामा चालु आवभित्रै हेलिप्याड निर्माण गरिसकिने छ ।

हेलिप्याड निर्माणपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पुर्‍याउन तथा पर्यटकीय क्षेत्रमा हेलिकप्टरमार्फत पर्यटकलाई सहजरूपमा आवतजावत गर्न सहयोग पुग्ने छ ।

चालु आवमा सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न पर्याप्त बजेट विनियोजन नभए पनि स्थानीय तहहरूसँग छलफल गरी आगामी आवमा यथेष्ट बजेट विनियोजन गरिने उनले जानकारी दिए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री