बिहीबार, १३ वैशाख २०८१

नाडा प्रतिनिधि मण्डल र आन्तरिक राजश्व विभागका महानिर्देशकबीच भेटवार्ता

समयपोष्ट २०७६ पुष २७ गते १९:१२

Advertisement

नाडाको आठ सदस्यिय प्रतिनिधि मण्डल र आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुंवरबीच भेटवार्ता भएको छ ।

आइतबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको आठ सदस्यिय प्रतिनिधि मण्डलले विभागका महानिर्देशक कुंवरसंग भेटी फेयर ट्रेड लगायत नेपालको कर प्रशासन र कर प्रणाली बारे विस्तृत छलफल गरेको नाडाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

भेटमा नाडाका अध्यक्ष दुलालले नाडा सदैव स्वच्छ व्यवसायको हिमायति रहदै आएकोले त्यसको प्रवद्र्धनका लागि सदैव तत्पर रहने बताए । उनले कर कार्यालयहरुबाट व्यवसायीहरुले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनकोे प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरुलाई मर्का परिरहेको गुनासो समेत गरे ।

कालो बजारको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दे आएको नेपालले बजारको माँग र आपूर्तिका आधारमा बस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई सरकारले स्वतः अङ्गिकार गर्नु पर्ने जिकिर गरे । उनले सरकारको समृद्धिको नारालाई सवैक्षेत्रले भरथेग गर्नु पर्ने बताए ।

छलफलको क्रममा विभागका महानिर्देशक कुवरले व्यावसायीक क्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवद्र्धनका लागि सुझाव आउनु स्वागतयोग्य रहेको बताए । उनले आपसी सूचना आदान प्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखिएका समस्याहरुको निराकरण गर्दे जानु पर्ने धारणा राखे ।

सोहि क्रममा उनले स्वच्छ कर प्रशासन निर्माणमा व्यवसायीहरुको अंहम भूमिका हुने भन्दै व्यवसायको सहजीकरणका लागि विभाग सदैव तयार रहेको बताए । उनले बैधानिक तवरबाट व्यापार व्यवसाय गर्नेलाई सरकारले सहयोग गर्ने बताउदै अव नयाँ आर्थिक ऐन आएपछि नाडासंग पुनः औपचारिक रुपमा छलफल गर्ने उल्लेख गरे ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, मिलनबाबु मल्ल, र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री