सोमबार, ७ जेठ २०८१

प्रेमीले धोकादिएपछि घर बेचेर वल्र्ड टुरमा !

समयपोष्ट २०७६ पुष २५ गते १६:३१

Advertisement

बेलायतमा एक युवतीले प्रेममा धोका खाएपछि घर बेचेर विश्व टुरमा निश्किएकी छिन् ।

३० वर्षिया कोलिंस एयरर्पोटमा काम गर्थिन् । प्रेमीसंग उनका दिनहरु रमाईला गरी बितिरहेका थिए । एक दिन अचानक प्रेमीले उनलाई ब्रेकअप दिए । त्यसपछि उनमा नैरास्यता आयो । त्यसपछि उनले जागिर पनि छोडिन् र घर पनि बेचिदिईन् ।

उनी हातमा धेरै पैसा पर्ना साथ एशियाको धेरै देशमा भ्रमणको लागि निस्किएकी थिइन् । उक्त समय उनले भारत, नेपाल, थाइल्इान्ड लगायतका देशको भ्रमण गरेकी थिइन् । आफ्नो प्रेमीले धोका दिएपछि एक्लै बसेर रुनुभन्दा सारा दुनियाँ घुमेर आउने अठोट गरेको उनले बताएकी छिन् ।

कोलिंसले अग्रेजी र पत्रकारितामा डिग्री गरेकी छिन् । उनको जीवनको भोगाईलाई एक पब्लिसरले तीनवटा किताब निकाल्ने फैसला पनि गरेका छन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री