
नेपालमा लगानीको उपयुक्त वातावरण बनेको भन्दै निजी क्षेत्रले उत्पादन तथा सेवा क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ । नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज गर्नुभएको भेटमा अध्यक्ष सतिशकुमार मोरले वित्तीय सेवा, ठूला पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउनुभयो । सो क्रममा उहाँले बेलायती लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि गरिरहेको सहयोगप्रति आभार प्रकट गर्दै उहाँले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसङ्घ तयार रहेको बताउनुभयो । सो अवसरमा राजदूत पोलिटले बेलायत र नेपालको ऐतिहासिक सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको परिसङ्घले जनाएको छ ।









प्रतिक्रिया