अस्ट्रेलिया प्रकरणमा मन्त्री भट्टराईले भने- मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा खेल्न खोजियो

 

Advertisement

सिड्नीका सुरक्षाकर्मीले नेपाल भ्रमण वर्ष २०२० को र्‍याली गर्न रोक लगाएको समाचार सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले त्यसमा कुनै सत्यता नरहेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेस बुकमा एक स्टेटस पोष्ट गर्दै उनले भनेका छन्,‘मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ,’ ।

भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएनए लगायतका संघ–संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको पनि बताएका छन् ।

उनले कार्यक्रममा न्यू साउथ वेल्स स्टेटका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिलगायतको उपस्थिति रहेको भन्दै सो क्रममा उनीहरुका तर्फबाट शुभकामना मन्तब्य पनि व्यक्त भएको बताएका छन् । यस्तै मौन जुलुस मार्फत पर्यटन बर्षको प्रवर्द्धन गरिएको उनको भनाइ छ ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री