शनिबार, ८ वैशाख २०८१

सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने, दरखास्त खुल्यो

समयपोष्ट २०७६ पुष १९ गते १७:४१

Advertisement

सिप्रदी ट्रेडिङले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने भएको छ । ट्रेडिङले हालै चौथो ब्याच ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो ।

यस ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र काठमाडौँको चन्द्रागिरीमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिइनेछ ।

उक्त कार्यक्रम अन्तर्गत १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोवाइल विषयमा टीएसएलसी उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरेको र राष्ट्रिय सिप परिक्षण समितिबाट अटोमोवाइल विषयमा लेभल वान–टु उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनिले आग्रह गरेको छ ।

दरखास्त बुझाउन अन्तिम मिति २०७६ पुस २९ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ । यो निस्शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री