
मौसम पूर्वानुमान महाशाखाले नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबार पनि देशैभरीको मौसममा बदली हुने छ ।
आज दिउँसो देशको मध्य क्षेत्रमा, पूर्वी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ । यसैगरी, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । साथै पहाडी क्षेत्रका केही स्थानमा भने पानी पर्ने पूर्वानुमानमा उल्लेख गरिएको छ ।
राति भने देशको मध्य र पूर्वी भूभाग, पश्चिमी भूभाग र पश्चिमी तराईका भूभागमा मौसम सफा हुनेछ । यसैगरी, पूर्वी उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनेछ ।









प्रतिक्रिया